सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क उपचारको व्यवस्था ल्याउनुपर्छ : सांसद घिमिरे
काठमाडौँ । नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क उपचारको व्यवस्था ल्याउनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै सांसद घिमिरेले सरकारले सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।
सांसद घिमिरेले नीति तथा कार्यक्रममा पेट्रोलियम पदार्थमा निजी क्षेत्रको सहभागिताको विषय नआएको उल्लेख गर्दै पेट्रोलियम पदार्थमा निजी क्षेत्रलाई समावेश गराउनुपर्ने धारणा राखे । नेपाल आयल निगमलाई प्रतिस्पर्धि बनाउन निजी क्षेत्रको प्रवेश आवश्यक रहेको उनको भनाई छ ।
सांसद घिमिरेले सीमान्तकृत र विपन्न तहका नागरिकका लागि वडा तहमा सहुलियत खाद्यान्न पसल राख्नेकुरा अस्पष्ट भएको भन्दै यस्तो कुरा नराखेको भएपनि हुने धारणा व्यक्त गरे । ६० प्रतिशत लक्ष्य भेट्नेगरी बजेट निर्माण गर्न सरकारलाई उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण