प्रदेश
बागमतीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
आइतबार, ०७ जेठ २०८०, १५ : ३९
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ६ मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।
मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् विस्तारका लागि कार्य विभाजनसहित प्रदेश प्रमुख शर्मा समक्ष सिफारिस गरेका थिए ।
नेपाली कांग्रेसका रामकृष्ण चित्रकार विना विभागीय मन्त्रीको शपथ ग्रहण गरेका छन् भने पुकार महर्जन पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, उत्तम जोशी स्वास्थ्य मन्त्रालय र मसिना खड्का वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गरेका छन् ।
त्यस्तै एकीकृत समाजवादीका डा। राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्रालय र लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो हावाबाट कसरी बच्ने ?
-
काठमाडौँमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबिच सम्झौता
-
चौराहा–गोलपार्क सडक निर्माणको म्याद फेरि थपियो
-
‘नेपाली ब्रो’द्वारा श्रीमतीको हत्या प्रकरण: युवतीसहित थप तीन जना पक्राउ
-
पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’
-
सङ्घ र प्रदेशका सांसदले औपचारिक रूपमै मागे ‘स्वकीय सचिव’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण