अपडेट : आइतबार शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाइएन
काठमाडौँ । शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाउनलेहरु विरुद्धको अनुसन्धान प्रतिवेदन आइतबार सरकारी वकिललाई बुझाउन प्रहरी असफल बनेको छ । कतिपय प्राविधिक कुरा मिलाउन बाँकी रहेकाले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउन नभ्याइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।
पक्राउ परेका सबै १६ जनाको बयान पूरा भएसँगै अनुसन्धान अधिकृतहरूले लेखिसकेका छन् ।
भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको आरोपमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण र पूर्व गृह सचिव टेकनारायण पाण्डेसहित १६ जना प्रहरीको हिरासतमा छन् ।
अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार प्रहरीले ३ वटा कसुरमा सजाय गर्न मागदावी लिनुपर्ने राय सरकारी वकिललाई दिँदैछ । राष्ट्रहित प्रतिकुलको कसुर, ठगी र किर्ते सम्बन्धी कसुरमा अधिकतम सजाय हुनुपर्ने मागदावी लिएर अदालतमा मुद्दा लैजान राय सहितको अनुसन्धान प्रतिवेदन बुझाउन तयारी भएको ती अधिकृतले बताए ।
३ वटा कसुरसँगै ‘सङ्गठित अपराध’ र ‘एकीकृत कसुर’ बापत थप सजायको मागदावी गर्नुपर्ने प्रहरीको जिकिर छ ।
यसैबीच आइतबार पक्राउ परेका आङ्टावा शेर्पाविरुद्ध चार जनाले उजुरी दिएका छन् । त्यसबारे पनि प्रहरीले अनुसन्धान गर्दैछ ।
पक्राउ परेकाहरुविरुद्ध आजै प्रहरीले थप ३ दिनको म्याद जिल्ला अदालत काठमाडौँबाट पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण