बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा हेलिकप्टर दुर्घटना

आइतबार, ०७ जेठ २०८०, २१ : ५०
आइतबार, ०७ जेठ २०८०

काबुल । अफगानिस्तानको उत्तरी सामङ्गन प्रान्तमा आइतबार एउटा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यम टोलोन्युजले जनाएको छ ।

महाजिर नामका एक अधिकारीलाई उद्धृत गर्दै उक्त सञ्चारमाध्यमले दुर्घटना आइतबार दिउँसो खलम जिल्लाको सयद क्षेत्रमा भएको जानकारी दिएको छ । 

उक्त निजी सञ्चारमाध्यमका अनुसार महाजिरले दुर्घटनामा कोही हताहत भएको वा नभएको बताएका छैनन् । 

यद्यपि टोलोन्युजले अज्ञात स्रोतलाई उद्धृत गर्दै हेलिकप्टरका दुई जना पाइलटको मृत्यु भएको जनाएको छ । रक्षा मन्त्रालयले भने अहिलेसम्म यससम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन ।-(रासस/सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप