अफगानिस्तानमा हेलिकप्टर दुर्घटना
आइतबार, ०७ जेठ २०८०, २१ : ५०
काबुल । अफगानिस्तानको उत्तरी सामङ्गन प्रान्तमा आइतबार एउटा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यम टोलोन्युजले जनाएको छ ।
महाजिर नामका एक अधिकारीलाई उद्धृत गर्दै उक्त सञ्चारमाध्यमले दुर्घटना आइतबार दिउँसो खलम जिल्लाको सयद क्षेत्रमा भएको जानकारी दिएको छ ।
उक्त निजी सञ्चारमाध्यमका अनुसार महाजिरले दुर्घटनामा कोही हताहत भएको वा नभएको बताएका छैनन् ।
यद्यपि टोलोन्युजले अज्ञात स्रोतलाई उद्धृत गर्दै हेलिकप्टरका दुई जना पाइलटको मृत्यु भएको जनाएको छ । रक्षा मन्त्रालयले भने अहिलेसम्म यससम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण