सिडेनको अध्यक्षमा गोपालको स्वतन्त्र उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)मा गोपाल प्रसाद निउरेले स्वतन्त्र उम्मेदावरी दिएका छन् । शनिबार भएको उम्मेदवारी दर्तामा सिडेनको भावी अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ ।
तीन जना माउ पार्टी कांग्रेसभित्रको गुटगत प्रतिनिधिका रुपमा मैदानमा उत्रिँदा निउरेको स्वतन्त्र उम्मेदवारी परेको हो । सिडेनभित्रको गुटबन्दी र सिन्डिकेटविरुद्ध आफूले स्वतन्त्र उम्मेदवारी दिएका निउरेले बताए । इन्जिनियर चेतनाथ पाण्डे, लक्ष्मण केसी र प्रमोद दवाडी प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।
पाण्डे कांग्रेस सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार हुन् भने केसीलाई नेता शेखर कोइरालाको समर्थन छ । दवाडी महामन्त्री थापाका उम्मेदवार हुन् । पेशागत हित र क्षमता अभिवृद्धिका लागि उम्मेदवारी दिएको उनको भनाइ छ । वरिष्ठ जलविद्युत विज्ञ निउरेले २०५३ सालमा पश्चिमाञ्चल क्याम्पसबाट सिभिल ओभरसियर गरेका थिए ।
ईन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसबाट २०५७ सालमा बीइ इन सिभिल इन्जिनियरिङ गरेका उनले २०६५ मा पुल्चोक क्याम्पसबाट जलविद्युतमा एमएससी गरेका थिए । पढाईमा अब्बल र पेशागत रूपमा दक्षता भएका उनी २० वर्षदेखि जलविद्युत र ऊर्जाको क्षेत्रमा सक्रिय छन् ।
दुई दर्जन भन्दा बढी जलविद्युत आयोजनाको डिजाईन तथा निर्माणमा संलग्न गरेका निउरे सयपत्री हाईड्रोपावर र युनिट्स ईन्जिनियरीङ प्रालिका संचालक पनि हुन् । सगरमाथा इन्जिनियरीङ कलेजको शेयरधनी तथा निवर्तमान संचालक निउरे इन्जिनियरिङ क्षेत्रमा रोजगारी सिर्जनामा उल्लेखनीय योगदान गरेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण