जितसँगै घरेलु मैदानमा उपाधि खुसीयाली मनायो म्यानचेस्टर सिटीले

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि विजेता म्यानचेस्टर सिटीले आफ्नो पछिल्लो खेलमा पनि जित हात पारेको छ । म्यानचेस्टर सिटीले आइतबार राति खेलिएको खेलमा चेल्सीमाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको हो ।
घरेलु मैदानमा खेलिएको खेलमा म्यानचेस्टर सिटीका लागि निर्धारित समयको १२औं मिनेटमा युलियन अल्भारेजले निर्णायक गोल गरेका थिए । म्यानचेस्टर सिटीले ३६ खेलबाट ८८ अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा आसिन आर्सनलको ३७ खेलबाट ८१ अंक छ ।
आर्सनल भने आफ्नो पछिल्लो खेलमा पराजित भएको थियो । शनिबार राति खेलिएको खेलमा नटिङ्घम फरेष्टले आर्सनललाई १—० गोलले हराएपछि म्यानचेस्टर सिटीको उपाधि पक्का भएको थियो ।
घरेलु मैदान इत्तिहाद रंगशालामा चेल्सीलाई हराएपछि म्यानचेस्टर सिटीले आफ्ना समर्थकहरुसँग उपाधिको खुसीयाली पनि मनाएको छ । म्यानचेस्टर सिटीका खेलाडी र प्रशिक्षकले प्रिमियर लिगको उपाधि उचालेर खुसीयाली मनाएका थिए ।
पेप ग्वार्डिओलाको प्रशिक्षकत्वमा रहेको म्यानचेस्टर सिटीले लगातार तेस्रो पटक प्रिमियर लिगको उपाधि चुमेको हो । प्रिमियर लिगको पछिल्ला ६ मध्ये ५ वटा उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।म्यानचेस्टर सिटी यो सिजन थप २ उपाधि जित्ने अभियानमा छ । म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग र एफए कपको पनि फाइनलमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
-
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन