जितसँगै घरेलु मैदानमा उपाधि खुसीयाली मनायो म्यानचेस्टर सिटीले
काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि विजेता म्यानचेस्टर सिटीले आफ्नो पछिल्लो खेलमा पनि जित हात पारेको छ । म्यानचेस्टर सिटीले आइतबार राति खेलिएको खेलमा चेल्सीमाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको हो ।
घरेलु मैदानमा खेलिएको खेलमा म्यानचेस्टर सिटीका लागि निर्धारित समयको १२औं मिनेटमा युलियन अल्भारेजले निर्णायक गोल गरेका थिए । म्यानचेस्टर सिटीले ३६ खेलबाट ८८ अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा आसिन आर्सनलको ३७ खेलबाट ८१ अंक छ ।
आर्सनल भने आफ्नो पछिल्लो खेलमा पराजित भएको थियो । शनिबार राति खेलिएको खेलमा नटिङ्घम फरेष्टले आर्सनललाई १—० गोलले हराएपछि म्यानचेस्टर सिटीको उपाधि पक्का भएको थियो ।
घरेलु मैदान इत्तिहाद रंगशालामा चेल्सीलाई हराएपछि म्यानचेस्टर सिटीले आफ्ना समर्थकहरुसँग उपाधिको खुसीयाली पनि मनाएको छ । म्यानचेस्टर सिटीका खेलाडी र प्रशिक्षकले प्रिमियर लिगको उपाधि उचालेर खुसीयाली मनाएका थिए ।
पेप ग्वार्डिओलाको प्रशिक्षकत्वमा रहेको म्यानचेस्टर सिटीले लगातार तेस्रो पटक प्रिमियर लिगको उपाधि चुमेको हो । प्रिमियर लिगको पछिल्ला ६ मध्ये ५ वटा उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।म्यानचेस्टर सिटी यो सिजन थप २ उपाधि जित्ने अभियानमा छ । म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग र एफए कपको पनि फाइनलमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण