मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

रावा इनर्जीले जेठ १८ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

सोमबार, ०८ जेठ २०८०, १० : १३
सोमबार, ०८ जेठ २०८०

काठमाडौँ । रावा इनर्जी डेभलपमेन्ट कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० कित्ता आईपीओ जारी गर्न लागेको हो । यो मध्य ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । 

साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ८७ हजार ६७० कित्ता सेयर बाँडफाँट गरेको थियो । उक्त समयमा स्थानीय बासिन्दाले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणको लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गर्न लागेको हो । यसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र  सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ ।  बाँकी ६ लाख ४३ हजार ६६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा जेठ २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ३२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिने छ । यो आईपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले रावाको आईपीओलाई  केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप