सेवाग्राहीको खाताबाट ९ लाख रुपैयाँ गायब
रौतहट । माछापुच्छ्रे बैक चन्द्रनिगापुर शाखाबाट एक जना सेवाग्राहीको खाताबाट ९ लाख रकम गायब भएको घटना सार्वजनिक भएको छ । वृन्दावन नगरपालिका–३ घर भएका रामेश्वर राय यादव आइतबार चेक साट्न जाँदा खाताबाट रकम गायब भएको पत्ता लागेको हो ।
३ दिन अघि मात्र उनको खातामा १२ लाख २० हजार रकम जम्मा गरिएको थियो । बिहीबार बिहान यादव आफै १२ लाख २० हजार रकम माछापुच्छ्रे बैंकमा जम्मा गर्न चेक दिएका थिए । उनको खातामा पैसा जम्मा भएको म्यासेज मोबाइलमा शुक्रबार अपराह्न ३ बजे आएको यादवको भनाई छ।
आइतबार कार्यालय समयमा ८ लाखको चेक लिएर बैंकमा साट्न जाँदा खाताबाट ९ लाख पैसा गायब भएको बैंकका कर्मचारीले बताएपछि आफू चकित भएको यादवको भनाई छ। यादवका अनुसार बैंकको शाखा प्रमुख रामजी दाससँग खाताबाट कसरी पैसा गायब भयो भनेर सोध्दा उनले ह्याकरले पैसा लगेको हुनसक्ने जवाफ दिएका थिए । पैसा हराउँदासमेत बैंकले बेवास्ता गरेको भन्दै स्थानीय तथा आफन्तले बैंकमा जम्मा भएर होहल्ला समेत गरेका थिए ।
लगत्तै इलाका प्रहरी चन्द्रनिगाहपुरबाट बैंकमा गएको प्रहरीको टोलीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ । सेवाग्राही रामेश्वर यादवको खाताबाट तीनवटा नम्बरको मोबाइल प्रयोग गरी रकम निकालेको देखिन्छ। उनको खाताको रकम सिटिजन्स र सानिमा बैंकमा ट्रान्सफर भएको माछापुच्छ्रे बैंक चन्द्रनिगाहपुरका प्रमुख दासले बताए । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी एकनारायण कोइरालाले घटनाबारे अनुसन्धान सुरु भएको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण