देश सरकारमा बस्नेको मात्रै होइन : राजेन्द्र लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देश सरकारमा बस्नेको मात्रै नभएको टिप्पणी गरेका छन् । सोमबार नीति तथा कार्यक्रमका विषयमा आफ्नो धारणा राख्दै लिङदेनले देश बिग्रिएमा सबैको बिग्रने भएकाले नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने बताए । ‘सरकार पक्षले हामीले नीति तथा कार्यक्रम ल्यायौं । बहुमत छ । ताली ठटाएर पास गछौं भन्न पाउनुहुन्छ । पास गर्न पाउनुहुन्छ’ लिङदेनले भने, ‘तर, देश तपाईंको मात्रै होइन । देश सरकारमा बस्नेको मात्रै होइन । यो देश बिग्रँदा तपाईंको मात्रै बिग्रँदैन । हामी सबै र भावी सन्ततीको पनि बिग्रने हो ।’
नीति तथा कार्यक्रममा नमिलेको विषयमा पुनर्लेखन गरेर ल्याउँदा अप्ठ्यारो मान्न नहुने लिङदेनले बताए । ‘जनयुद्ध लेखेर, देउवालाई समेत भारी बोकायौं भनेर आत्मरतिमा रमाएर केही फरक पर्दैन । मान्छेको जीवन र देशमा फरक पर्नुपर्छ’ लिङदेनले भने ।
नेपालसहित विश्वले जुन आर्थिक संकट व्यहोरिराखेको छ, त्यसलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम नआएको लिङदेनले बताए । ‘नीति तथा कार्यक्रमले परम्परागत कार्यशैली, परम्परागत सोच र आर्थिक संकटलाई सामना गर्न सक्दैन’ उनले भने, ‘आगामी संकटलाई कसरी सामना गरेर अगाडि बढ्ने कुनै योजना छैन । धेरै कार्यक्रमहरु प्रष्ट छैनन् । यसले समस्या पहिचान गर्न सकेको छैन ।’ नीति तथा कार्यक्रमले प्राथमिकता खुट्याउन कोसिस गरेपनि समेट्नुपर्ने विषयहरु धेरै भएको लिङदेनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण