सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

देश सरकारमा बस्नेको मात्रै होइन : राजेन्द्र लिङ्देन

सोमबार, ०८ जेठ २०८०, १३ : ५४
सोमबार, ०८ जेठ २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देश सरकारमा बस्नेको मात्रै नभएको टिप्पणी गरेका छन् । सोमबार नीति तथा कार्यक्रमका विषयमा आफ्नो धारणा राख्दै लिङदेनले देश बिग्रिएमा सबैको बिग्रने भएकाले नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने बताए ।  ‘सरकार पक्षले हामीले नीति तथा कार्यक्रम ल्यायौं । बहुमत छ । ताली ठटाएर पास गछौं भन्न पाउनुहुन्छ । पास गर्न पाउनुहुन्छ’ लिङदेनले भने, ‘तर, देश तपाईंको मात्रै होइन । देश सरकारमा बस्नेको मात्रै होइन । यो देश बिग्रँदा तपाईंको मात्रै बिग्रँदैन । हामी सबै र भावी सन्ततीको पनि बिग्रने हो ।’ 

नीति तथा कार्यक्रममा नमिलेको विषयमा पुनर्लेखन गरेर ल्याउँदा अप्ठ्यारो मान्न नहुने लिङदेनले बताए ।  ‘जनयुद्ध लेखेर, देउवालाई समेत भारी बोकायौं भनेर आत्मरतिमा रमाएर केही फरक पर्दैन ।  मान्छेको जीवन र देशमा फरक पर्नुपर्छ’ लिङदेनले भने । 

नेपालसहित विश्वले जुन आर्थिक संकट व्यहोरिराखेको छ, त्यसलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम नआएको लिङदेनले बताए । ‘नीति तथा कार्यक्रमले  परम्परागत कार्यशैली, परम्परागत सोच र आर्थिक संकटलाई सामना गर्न सक्दैन’ उनले भने, ‘आगामी संकटलाई कसरी सामना गरेर अगाडि बढ्ने कुनै योजना छैन । धेरै कार्यक्रमहरु प्रष्ट छैनन् । यसले समस्या पहिचान गर्न सकेको छैन ।’ नीति तथा कार्यक्रमले प्राथमिकता खुट्याउन कोसिस गरेपनि समेट्नुपर्ने विषयहरु धेरै भएको लिङदेनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप