बन्द भएका उद्योग सञ्चालन गर्न लालवीर चौधरीको माग
सोमबार, ०८ जेठ २०८०, १४ : २५
काठमाडौँ । सांसद लालवीर चौधरीले राज्यले चलाउन नसकी बन्द भएका उद्योग पुनः सञ्चालन गर्न बजेट विनियोजन गर्नुपर्ने माग गरेका छन् । सोमवार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा संसदमा बोल्दै चौधरीले जनकपुर चुरोट कारखानादेखि बाँसवारी जुत्ता कारखाना, जनकपुर चिनी कारखाना, भृकुटी कारखाना सञ्चालन गर्न बजेट विनियोजन गर्नुपर्ने बताए ।
सरकारले महाकाली र कर्णाली कारिडोर निर्माणलाई प्राथमिकता राखेपनि बर्दिया क्षेत्रका नदिको करिडोर निर्माण गर्नुपर्ने चौधरीले बताए । हुलाकी राजमार्गलाई जोड्नेगरी बर्दियाको औरही, बबई, गुहवा करिडोर निर्माण गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण