सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अपहरणमा परेको भनिएकी अभिनेत्री आफै लुकेको थाहा पाएपछि...

सोमबार, ०८ जेठ २०८०, १६ : ४५
सोमबार, ०८ जेठ २०८०

‘थेरी’ र ‘काली’ जस्ता हिट तमिल फिल्ममा काम गरिसकेकी अभिनेत्री सुनैना विगत दुई दिनदेखि बेपत्ता थिइन् । मिडिया रिपोर्टका अनुसार सुनैनालाई अपहरण गरिएको थियो । प्रहरीले सुनैना हराएको उजुरी पनि दर्ता गरेको थियो । अब उनले यो सबै आफ्नो आगामी फिल्मको प्रमोसनका लागि गरेको खुलेको छ ।

कानुनी कारबाही गर्न माग 

सुनैना तमिल फिल्म रेजिनामा देखिँदै छिन् । सुनैना एक्कासि बेपत्ता हुनु फिल्मको प्रमोसनको एक हिस्सा थियो । उनले आफ्नो मोबाइल फोन पनि स्विच अफ गरेकी थिइन् ।

तर, अभिनेत्रीको यस्तो व्यवहारबाट तमिल दर्शक निकै आक्रोशित छन् । दर्शकले अभिनेत्री र फिल्मको निर्माण टिमलाई कडा कानुनी कारबाही गर्न पनि माग गरेका छन् ।

सुनैनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ

अहिले सुनैनाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो भिडियोमा सुनैनाले मिडियासँग कुरा गर्दै यो फिल्म आफ्नो करियरको हिसाबले पनि निकै महत्त्वपूर्ण रहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘फिल्मको क्यारेक्टरलाई राम्रोसँग निर्वाह गर्ने कोसिस गरिरहेको छु । यसै कारण मैले आफूलाई समाजबाट अलग्याएको थिएँ । तर अहिले म थाकेकी छु । ’

उनले फिल्म रेजिनाबारे नै कुरा गरिरहेकी हुन् कि होइनन् भन्ने स्पष्ट भने हुन सकेको छैन ।

डोमेन डिसिल्भाले तमिल सिनेमामा निर्देशनको रूपमा डेब्यू गर्दै छन्

यो थ्रिलर फिल्म हो । यो फिल्म डोमेन डिसिल्भाले निर्देशन गरेका हुन् । डोमेन डिसिल्भाले यो फिल्मबाट तमिल सिनेमामा निर्देशकको रूपमा डेब्यु गर्दै छन् । फिल्मका निर्माता सतीश नायर हुन् । सुनैनाले धेरै तेलुगु, मलयालम र कन्नड फिल्ममा पनि काम गरिसकेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप