अपहरणमा परेको भनिएकी अभिनेत्री आफै लुकेको थाहा पाएपछि...
‘थेरी’ र ‘काली’ जस्ता हिट तमिल फिल्ममा काम गरिसकेकी अभिनेत्री सुनैना विगत दुई दिनदेखि बेपत्ता थिइन् । मिडिया रिपोर्टका अनुसार सुनैनालाई अपहरण गरिएको थियो । प्रहरीले सुनैना हराएको उजुरी पनि दर्ता गरेको थियो । अब उनले यो सबै आफ्नो आगामी फिल्मको प्रमोसनका लागि गरेको खुलेको छ ।
कानुनी कारबाही गर्न माग
सुनैना तमिल फिल्म रेजिनामा देखिँदै छिन् । सुनैना एक्कासि बेपत्ता हुनु फिल्मको प्रमोसनको एक हिस्सा थियो । उनले आफ्नो मोबाइल फोन पनि स्विच अफ गरेकी थिइन् ।
तर, अभिनेत्रीको यस्तो व्यवहारबाट तमिल दर्शक निकै आक्रोशित छन् । दर्शकले अभिनेत्री र फिल्मको निर्माण टिमलाई कडा कानुनी कारबाही गर्न पनि माग गरेका छन् ।
सुनैनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ
अहिले सुनैनाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो भिडियोमा सुनैनाले मिडियासँग कुरा गर्दै यो फिल्म आफ्नो करियरको हिसाबले पनि निकै महत्त्वपूर्ण रहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘फिल्मको क्यारेक्टरलाई राम्रोसँग निर्वाह गर्ने कोसिस गरिरहेको छु । यसै कारण मैले आफूलाई समाजबाट अलग्याएको थिएँ । तर अहिले म थाकेकी छु । ’
उनले फिल्म रेजिनाबारे नै कुरा गरिरहेकी हुन् कि होइनन् भन्ने स्पष्ट भने हुन सकेको छैन ।
डोमेन डिसिल्भाले तमिल सिनेमामा निर्देशनको रूपमा डेब्यू गर्दै छन्
यो थ्रिलर फिल्म हो । यो फिल्म डोमेन डिसिल्भाले निर्देशन गरेका हुन् । डोमेन डिसिल्भाले यो फिल्मबाट तमिल सिनेमामा निर्देशकको रूपमा डेब्यु गर्दै छन् । फिल्मका निर्माता सतीश नायर हुन् । सुनैनाले धेरै तेलुगु, मलयालम र कन्नड फिल्ममा पनि काम गरिसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण