आरक्ष पीडितको समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कञ्चनपुरका शुक्लाफाँटा आरक्ष पीडितको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
सोमबार बिहान बालुवाटारमा कञ्चनपुरका जनप्रतिनिधिसहित आरक्ष पीडितहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले जग्गा र क्षतिपूर्ति दिएर यथाशक्य चाँडो पुनर्स्थापनाका लागि प्रक्रिया अगाडि बढाउन प्रतिबद्धता जनाएका हुन् ।
प्रधानमन्त्री भेट्न परराष्ट्रमन्त्री तथा कञ्चनपुर २ बाट निर्वाचित सांसद एनपी साउदको नेतृत्वमा सांसदहरु तारालामा तामाङ, प्रदेश सांसद ओमविक्रम भाट र आरक्ष पीडित संघर्ष समितिका पदाधिकारी तथा पीडितहरु बालुवाटार पुगेका थिए ।
पीडितका तर्फबाट संघर्ष समितिका सचिव प्रेमदत्त भट्टले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका थिए ।
प्रधानमन्त्री प्रचण्डले १४८० परिवार पहिचान गरेको पूर्वन्यायाधीश ठाकुर प्रसाद शर्मा नेतृत्वको आरक्ष समस्या समाधान आयोगको निर्णय नियालेर अगाडि बढ्ने प्रतिबद्धता समेत जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण