भोलि मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुने
जनकपुरधाम । मधेस प्रदेशको सरकारमा मन्त्रिपरिषद् विस्तार गर्न बसेको दलको बैठक विना कुनै निष्कर्ष सकिएको छ ।
जनमत पार्टी मधेस प्रदेशका दलका नेता महेशप्रसाद यादवका अनुसार कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादी (एस)लाई सरकारमा सहभागी गराउन सोमबार बसेको पहिलो चरणको बैठक सकिएको हो ।
सरकारमा सहभागी हुने दलहरूलाई ७ सांसद बराबर एउटा मन्त्रालय दिने सहमति भएको नेता यादवले जनाए । उनले मंगलबार ८ बजे पुनः बैठक बसेर मन्त्रालय बाँडफाँटबारे टुङ्गो लाग्ने बताए ।
दलका नेताहरूबीच भएको सहमतिअनुसार पाँचदलीय गठबन्धनका सबैभन्दा ठुलो दल कांग्रेसले ३, जसपाले २, जनमतले २, माओवादी, लोसपा र नेकपा एसले १/१ मन्त्रालय पाउने भएका छन् ।
सरकारमा अहिले जसपाले ३ वटा मन्त्रालय पाएको छ । यसरी गठबन्धनबीच मन्त्रालय बाँडफाँट हुँदा जसपाले एउटा मन्त्रालय छोड्नुपर्ने देखिन्छ । एमालेले सरकार छोड्दा खाली रहेको ४ वटा मन्त्रालयमध्ये कांग्रेसले ३, लोसपाले १ र नेकपा एसले १ वटा मन्त्रालय पाउनेछन् ।
सोमबार दलका नेताहरूबीच सैद्धान्तिक छलफल भएको कांग्रेस मधेस प्रदेश दलका नेता कृष्णा यादवले जनाए । उनले अब (भोलि) मंगलबार बस्ने दलको बैठकबाट मन्त्री नियुक्त गरी भोलि नै शपथ ग्रहण गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण