शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

भोलि मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुने

सोमबार, ०८ जेठ २०८०, १९ : २८
सोमबार, ०८ जेठ २०८०

जनकपुरधाम । मधेस प्रदेशको सरकारमा मन्त्रिपरिषद् विस्तार गर्न बसेको दलको बैठक विना कुनै निष्कर्ष सकिएको छ । 

जनमत पार्टी मधेस प्रदेशका दलका नेता महेशप्रसाद यादवका अनुसार कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादी (एस)लाई सरकारमा सहभागी गराउन सोमबार बसेको पहिलो चरणको बैठक सकिएको हो । 

सरकारमा सहभागी हुने दलहरूलाई ७ सांसद बराबर एउटा मन्त्रालय दिने सहमति भएको नेता यादवले जनाए । उनले मंगलबार ८ बजे पुनः बैठक बसेर मन्त्रालय बाँडफाँटबारे टुङ्गो लाग्ने बताए ।

दलका नेताहरूबीच भएको सहमतिअनुसार पाँचदलीय गठबन्धनका सबैभन्दा ठुलो दल कांग्रेसले ३, जसपाले २, जनमतले २, माओवादी, लोसपा र नेकपा एसले १/१ मन्त्रालय पाउने भएका छन् ।

सरकारमा अहिले जसपाले ३ वटा मन्त्रालय पाएको छ । यसरी गठबन्धनबीच मन्त्रालय बाँडफाँट हुँदा जसपाले एउटा मन्त्रालय छोड्नुपर्ने देखिन्छ । एमालेले सरकार छोड्दा खाली रहेको ४ वटा मन्त्रालयमध्ये कांग्रेसले ३, लोसपाले १ र नेकपा एसले १ वटा मन्त्रालय पाउनेछन् ।

सोमबार दलका नेताहरूबीच सैद्धान्तिक छलफल भएको कांग्रेस मधेस प्रदेश दलका नेता कृष्णा यादवले जनाए । उनले अब (भोलि) मंगलबार बस्ने दलको बैठकबाट मन्त्री नियुक्त गरी भोलि नै शपथ ग्रहण गरिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप