‘बझाङमा अमेरिकी सेनाको क्याम्प छ’ भनेर झुटो दाबी गर्ने विश्लेषक दाहाललाई कारबाहीको माग
काठमाडौँ । नेकपा एमालेका सांसद भानुभक्त जोशीले बझाङको साइपाल गाउँपालिकामा अमेरिकी सेनाको क्याम्प रहेको भनेर राजनीतिक विश्लेषक भरत दाहालको दाबी झुटो रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै जोशीले दाहालले भ्रमपूर्ण सन्देश फैलाएको भन्दै कारबाहीको माग गरेका छन् ।
सांसद जोशीले भने–‘आफूलाई राजनीतिक विश्लेषक भन्ने भरत दाहालले यही जेठ ६ गते भिडियो बनाएर बझाङ जिल्लाको साइपाल गाउँपालिकाको माझा भन्ने ठाउँमा अमेरिकी सेनाले सैनिक क्याम्प खडा गरेर बसेको, स्थानीय प्रशासन सिडिओलाई खबर गर्दा बेवास्ता गरेको, केही कांग्रेसका गुन्डाहरूले अमेरिकी सेनालाई राख्न सहयोग गरेको भनेर भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको हुनाले मैले त्यहाँका स्थानीयलाई सोध्दा भ्रम पार्ने काम भएको, यहाँ भुटानी शरणार्थीको बहानामा सैनिक क्याम्प खडा गर्ने भनेर भ्रमपूर्ण समाचार प्रसारण गरेको हुनाले यसको पछाडि के लुकेको छ ? छानबिन गर्न गृह प्रशासनको माग गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण