यस्तो छ बागमती प्रदेशसभा बैठकको कार्यसूची
हेटौँडा । बागमती प्रदेशसभाको मङ्गलवार बस्ने बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता क्षेत्र प्रस्तुत हुने भएको छ । प्रदेशसभा बैठक अघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ( कर प्रस्ताव बाहेक) सभामा प्रस्तुत गर्ने कार्यसूची तयार गरेको हो ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा (तामाङ) ले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ( कर प्रस्ताव बाहेक)" सभामा प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
त्यस्तै मन्त्री लामाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ( कर प्रस्ताव बाहेक)” सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको खड्काले बताए । प्रदेशसभा बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र, मन्त्रालयको कार्यभार परिवर्तन सम्बन्धी पत्र, मन्त्रिपरिषद् विस्तार तथा पूनर्गठन एवम् कार्य विभाजन सम्बन्धी पत्र, विधेयक प्रमाणीकरण सम्बन्धी पत्र, विधेयक फिर्ता सम्बन्धी पत्र र सन्देश प्रस्तुत गर्ने तय कार्यसूची रहेको पनि सचिव खड्काले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
-
शरीरमा के हुन्छ २१ दिनसम्म खाली पेटमा मेथीको पानी पिउँदा ?
-
देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : आङ्देम्बे
-
इरान-अमेरिका वार्ता सुरु भए पनि रोकिएन तनाव : जलमार्गदेखि अर्थतन्त्रसम्म युद्धको असर
-
सुनसरी घटना : साम्प्रदायिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति
-
सुनसरीको देवानगन्ज घटनाप्रति मानव अधिकार आयोगको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण