एसेम्बलिङ उद्योगलाई दिएको छुट कटौती नगर्न नाडाको आग्रह
काठमाडौँ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले बजेटमार्फत एसेम्बलिङ उद्योगलाई दिएको छुट सुविधा कटौती हुनेमा संसय व्यक्त गरेको छ ।
आफूहरुको लामो समयको मागपछि सरकारले नेपालमा सवारी साधनहरुको एसेम्बलिङ उद्योग स्थापनाका लागि नीजिक्षेत्रलाई आकर्षित र प्रोत्साहित गर्न त्यसमा लाग्ने महशुलहरुमा छुट र नीतिगत सुविधाहरुको व्यवस्था गरेको तर आगामी आर्थिक वर्षको बजेटमाफर्त यस्तो सविधा कटौती गर्न लागिएको सुनेको नाडाको भनाइ छ ।
मंगलबार विज्ञप्ति जारी गर्दै नाडाले सवारी साधन एसेम्बलिङ उद्योगहरुलाई दिइँदै आएको महशुलमा छुट लगायत नीतिगत सुविधाहरुलाई कटौती गर्न लागेको भन्ने विषयमा मुख्य सरोकारवाला संस्था नाडाको विशेष ध्यान आकृष्ट भएको जनाएको छ ।
सवारी साधनको एसेम्बल तथा उत्पादन उद्योग स्वयम्मा धेरै पुँजी तथा लगानी चाहिने उद्योग हो । नेपालमा नै सवारी साधनहरुको एसेम्बल उद्योग स्थापना हुँदा सर्वसाधारण वर्गले समेत केही सस्तो मूल्यमा सवारी साधनहरु प्राप्त गर्ने मात्र नभई नेपालमा थप रोजगारी सिर्जना हुने र नेपालमा विदेशी प्रविधिको समेत हस्तान्तरण हुन गई नेपाली प्राविधिहरुको क्षमता विकासमा ठूलो सहयोग पुग्ने नाडाको भनाइ छ । एसेम्बलिङ उद्योगहरुले औद्योगिकरण र आर्थिक स्थिरता कायम गर्न ठूलो टेवा पु¥याई रहेको समेत नाडाले जनाएको छ ।
हाल नेपालमा ४ वटा दुई पाँगे्र सवारी साधनहरुको एसेम्बलउद्योगहरुले आफ्नो उत्पादन गरिरहेको भने अरु दुईवटा उद्योगहरु तत्कालै उत्पादनको अवस्थामा रहेका छन् । थपकेही अरु यस्ता नयाँ एसेम्बलिङउद्योगहरु समेत खुल्ने तयारीमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण