मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

वीर अस्पतालले अप्रेसन, आईसीयूलाई प्राथमिकता दिनेछ : निर्देशक पौडेल

मङ्गलबार, ०९ जेठ २०८०, १९ : ४७
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौँ । वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले अस्पतालको आईसीयू, आकस्मिक र अप्रेसन सेवालाई प्रभावकारी बनाउने योजना बनाई अघि बढेको बताएका छन् । 

अस्पतालमा चाँडो र सहज रुपमा सेवा प्रदानका लागि यी तीन सेवालाई प्राथमिकतामा पारिएको मंगलबार पत्रकारहरूसँगको भेटमा निर्देशक डा.पौडेलले बताए । 

दुर्गमदेखि उपत्यका भित्रका बिरामीको भीड लाग्ने भएकाले तीव्र गतिमा आईसीयू, आकस्मिक र अप्रेसन सेवालाई सहज बनाइने उनको भनाइ छ ।

‘निजी अस्पतालमा बिरामीको सङ्ख्या कम हुँदा वीरमा बढ्दै गएको छ । पछिल्लो समय स्वास्थ्य बीमा, रिफरल हुँदा पनि बिरामी दर बढेको छ ।’ उनले भने ।

अस्पतालमा पूर्ण रुपमा सञ्चालन हुन बाँकी रहेका १५ वटा कक्षलाई चाँडै सञ्चालनमा ल्याइने उनले बताए । अस्पतालको पहिलो प्राथमिकता सबै अस्पे्रशन सेन्टर सञ्चालन गरिने उनले दावी गरे ।

उनका अनुसार अहिले मेजर अप्रेसन दैनिक ६५ वटा गरिन्छ । पूर्ण रुपमा अप्रेसन थियटर सञ्चालन गरिएपछि  दैनिक १०० जना पुग्छ ।

बिरामीको स्वास्थ्य अवस्था हेरेर प्राथमिकताको आधारमा कार्ड दिई सोहीअनुसार उपचार गर्ने व्यवस्था गरिने उनले बताए । जस्तै, रातो कार्ड पाउने बिरामीलाई चाँडो उपचारको खाँचो छ भन्ने बुझिन्छ । साथै, पहेँलो, सेतो कार्डका आधारमा उपचारको व्यवस्था मिलाइने योजना दुई साताभित्रै कार्यान्वयनमा ल्याइने निर्देशक पौडेलले बताए ।  

वीर अस्पतालमा कोभिड वार्डसहित ५६ वटा आईसीयू सञ्चालन गरिएको छ । कोभिडबाहेक ४० वटा आईसीयू सञ्चालनमा छ । अस्पतालमा आईसीयू भएपनि क्रिटिकल केयरमा जनशक्ति अभाव रहेकाले लोकसेवामार्फत् नर्सहरू आउनासाथ उपकरण र जनशक्तिको तालमेल मिल्ने निर्देशक डा पौडेलको जिकिर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप