पोल्याण्ड कामदार लैजान सेमिनार गर्न आएका दुई विदेशीमाथि सकिएन अनुसन्धान
काठमाडौँ । पोल्याण्डमा वर्किङ भिसामा नेपाली कामदार लैजाने भन्दै दुई विदेशी गत शनिवार नेपाल आए । उनीहरूले होटल मेरियटमा सेमिनारको आयोजना गरेका थिए । त्यही बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेर वैदेशिक रोजगार विभागको जिम्मा लगाएको थियो ।
बिना अनुमति अभिमुखीकरण गरेको भन्दै प्रहरीले एलेग फेडोसिक र रिटा फिएडोसिक पक्राउ परेका थिए । उनीहरू युएईको दुबईमा रहेको नर्थ अमेरिकन भिसा सर्भिस सेन्टरबाट नेपाल आएका थिए । त्यही क्रममा पक्राउ परेका उनीहरू ५ दिनदेखि विभागको नियन्त्रणमा छन् । विभागले शाखा अधिकृत केदार अधिकारीलाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेको छ । चार दिन म्याद थप गरेर अनुसन्धान थालेको विभागले अहिलेसम्म केही निष्कर्ष निकाल्न सकेको छैन ।
आज पुनः म्याद थपका लागि अदालतमा लैजान लागिएको विभागका महानिर्देशक मदन दाहालले बताए । अनुसन्धान नसकिएकाले म्याद थपका लागि अदालतमा पेस गर्न लागिएको उनको भनाई छ । बयानको क्रममा उनीहरूले आफूहरूले कम्पनीले नेपालमा सेमिनार गर्नका लागि पठाएको र त्यही आधारमा आएको बताएका छन् ।
अनुसन्धान अधिकृत अधिकारीका अनुसार उनीहरूले कम्पनीले पठाएपछि सेमिनार गर्न आएको बाहेक केही कुरा पनि गर्न मानेका छैनन् । आज म्याद थप गरेर अनुसन्धान सकिएपछि उनीहरूलाई के गर्ने भन्ने निर्णय गरिनेछ ।
पोल्याण्ड पठाउने भन्दै आफूसँग २ लाख रुपैयाँ लिएको र नपठाएको भन्दै एक जनाले उजुरी समेत दिएका छन् । सोही आधारमा समेत उनीहरूमाथि विभागले अनुसन्धान थालेको अनुसन्धान अधिकृत अधिकारीले बताए ।
वैदेशिक रोजगार ऐन २०६४ को दफा १० मा इजाजत पत्र विना वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न पाइँदैन् । वैदेशिक रोजगार व्यवासायजन्य कुनै कार्य गर्नको लागि अनुमति लिनुपर्छ । त्यो बाहेकको कार्य गरेमा तीन लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना र तीनदेखि सात वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण