पोल्याण्ड कामदार लैजान सेमिनार गर्न आएका दुई विदेशीमाथि सकिएन अनुसन्धान

काठमाडौँ । पोल्याण्डमा वर्किङ भिसामा नेपाली कामदार लैजाने भन्दै दुई विदेशी गत शनिवार नेपाल आए । उनीहरूले होटल मेरियटमा सेमिनारको आयोजना गरेका थिए । त्यही बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेर वैदेशिक रोजगार विभागको जिम्मा लगाएको थियो ।
बिना अनुमति अभिमुखीकरण गरेको भन्दै प्रहरीले एलेग फेडोसिक र रिटा फिएडोसिक पक्राउ परेका थिए । उनीहरू युएईको दुबईमा रहेको नर्थ अमेरिकन भिसा सर्भिस सेन्टरबाट नेपाल आएका थिए । त्यही क्रममा पक्राउ परेका उनीहरू ५ दिनदेखि विभागको नियन्त्रणमा छन् । विभागले शाखा अधिकृत केदार अधिकारीलाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेको छ । चार दिन म्याद थप गरेर अनुसन्धान थालेको विभागले अहिलेसम्म केही निष्कर्ष निकाल्न सकेको छैन ।
आज पुनः म्याद थपका लागि अदालतमा लैजान लागिएको विभागका महानिर्देशक मदन दाहालले बताए । अनुसन्धान नसकिएकाले म्याद थपका लागि अदालतमा पेस गर्न लागिएको उनको भनाई छ । बयानको क्रममा उनीहरूले आफूहरूले कम्पनीले नेपालमा सेमिनार गर्नका लागि पठाएको र त्यही आधारमा आएको बताएका छन् ।
अनुसन्धान अधिकृत अधिकारीका अनुसार उनीहरूले कम्पनीले पठाएपछि सेमिनार गर्न आएको बाहेक केही कुरा पनि गर्न मानेका छैनन् । आज म्याद थप गरेर अनुसन्धान सकिएपछि उनीहरूलाई के गर्ने भन्ने निर्णय गरिनेछ ।
पोल्याण्ड पठाउने भन्दै आफूसँग २ लाख रुपैयाँ लिएको र नपठाएको भन्दै एक जनाले उजुरी समेत दिएका छन् । सोही आधारमा समेत उनीहरूमाथि विभागले अनुसन्धान थालेको अनुसन्धान अधिकृत अधिकारीले बताए ।
वैदेशिक रोजगार ऐन २०६४ को दफा १० मा इजाजत पत्र विना वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न पाइँदैन् । वैदेशिक रोजगार व्यवासायजन्य कुनै कार्य गर्नको लागि अनुमति लिनुपर्छ । त्यो बाहेकको कार्य गरेमा तीन लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना र तीनदेखि सात वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली र महासचिव बैद्यबिच भैरहवा विमानस्थलमा जम्काभेट
-
सचिवहरू र मुख्यसचिवसमेतको दबाबले अवकाशको उमेर कार्यान्वयन विधिमा विवाद
-
मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ : मन्त्री खड्का
-
टिकटक ट्रेन्ड पछ्याउँदा छोरीलाई दुर्व्यवहार गरेकोमा दोषी ठहर भइन् आमा
-
पर्यटकीय गन्तव्य मौलाकालीमा ‘इला होटल’ तथा रिसोर्ट सञ्चालनमा
-
लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)