नेप्सेको उकालो यात्रा कायमै, ७ दिनमा १४० अङ्कले बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज पनि उत्साहजनकरुपले बढेको छ । यससँगै, नेप्सेको वृद्धि यात्रा निरन्तर सातौँ दिनसम्म कायम रहन सफल भएको छ । जेठ २ गतेदेखि निरन्तर बढिरहेको नेप्से परिसूचक आजसम्म निरन्तर कायम रहेको हो ।
आज नेप्सेमा १६.४९ अंकको वृद्धि आएसँगै ७ दिनको अवधिमा १४०.८२ अंकको वृद्धि भएको छ । यो विगत लामो समययताको सबैभन्दा उत्कृष्ट वृद्धि हो । नेप्से परिसूचक अन्तिम पटक जेट १ गते ३.३३ अङ्कले घटेर १८०७ अङ्कमा पुगेको थियो । त्यसयता १४०.८२ अङ्कले बढ्दै आज परिसूचक १९५९ अङ्कमा पुगेर रोकिएको हो ।
नेप्से १६अङ्कले बढेको दिन आज १३१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ७ वटा कम्पनीको सेयर मूल्य स्थिर कायम भएको छ । यस क्रममा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेर प्रतिकित्ता १५०३ रुपैयाँमा पुगेको छ । यस्तै, युनिलिभर नेपालको सेयर मूल्य समेत ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ३० हजार ७९० रुपैयाँमा पुगेको छ ।
नेप्से परिसूचक उत्साहजनकरुपमा वृद्धि भएको दिन आज १ अर्ब ८७ करोड रुपैयाँ बराबरको ४८ लाख ६५ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा धेरै शिवम सिमेन्टको १४ करोड ६४ लाखको सेयर कारोबार भएको छ । परिसूचक बढे पनि आज तीन समूहमा भने गिरावट देखिएको छ ।
वित्त समूह ७ अङ्कले घट्दा म्यूचुअल फन्ड समूह ०.०३ अङ्कले घटेको छ । यस्तै, जलविद्युत समूहमा समेत ७ अंकको गिरावट आएको छ । आज सबैभन्दा धेरै उत्पादनमूलक समूहको सूचक २२० अङ्कले बढेको छ । युनिलिभर नेपालको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढ्दा उत्पादनमूलक समूहमा उत्साहजनक वृद्धि आएको हो । यसपछि निर्जीवन बीमा समूहमा १२१ अंकको वृद्धि आएको छ भने जीवन बीमा समूहमा १२० अंकको सुधार आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण