६–६ महिनामा संयुक्त समितिको बैठक राखेर कुन-कुन प्रधानमन्त्री भ्रष्टाचारमा फस्यो छलफल होस् : प्रेम सुवाल
काठमाडौँ ।नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संघीय संसदका दुवै सदनको संयुक्त बैठक ६–६ महिनामा राख्नुपर्ने बताएका छन् । बुधबार संसदको दुवै सदनको संयुक्त बैठकमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौंदा २०८० माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् । सांसद सुवालले संयुक्त समिति राष्ट्रपतिले सम्बोधन गर्दा मात्र नभइ ६–६ महिनामा बैठक राखेर को–को भष्टाचारी हुन्, कुन कुन प्रधानमन्त्री भष्टाचारमा फस्यो, कसले कसले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्यो त्यो पनि आउनुपर्ने बताए ।
उनले भने– ‘यस्ता विषयमा पनि संयुक्त समितिमा छलफल हुनुपर्यो । देशको बारेमा केही छलफल नहुने यो मिल्दैन । सुनुवाई समिति र संयुक्त समिति छ । सुनुवाई समितिमा १५ जना चाहिन्छ भने कुन कुन पार्टीबाट कति जना ? दुईटा पार्टीलाई पाँच पाँच जना चाहिने भए यो पास गरेर के अर्थ लाग्यो ? त्यसकारण यो समितिमा एउटा राजनीतिक पार्टीबाट कम्तिमा एकजना सदस्य हुने भनेर लेख्नुपर्छ । संयुक्त समितिमा पनि त्यही हुनुपर्यो । २५ जना सदस्य ६, दश दश जना दुईटा पार्टीलाई चाहिने ५ सदस्य कुन कुन पार्टीलाई बाँढ्ने ? यसरी हुँदैन । प्रजातन्त्र भनेको भीडमात्र हैन विचारलाई प्रजातन्त्र भनिन्छ । एउटै रंगको फूल चाहिँ प्रजातन्त्र हैन अलग अलग रंगको फूल चाहिन्छ प्रजातन्त्रको लागि ।’
उनले फरक–फरक पार्टीका सदस्यहरुको संयुक्त समितिमा प्रतिनिधित्व सुनुश्चित हुने व्यवस्था राख्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण