जेठ तेस्रो सातादेखि धुलिखेलमै प्याराग्लाइडिङ, उडान अनुमति खुला
बुधबार, १० जेठ २०८०, १८ : ०६
काठमाडौँ । काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलमा यही जेठ तेस्रो सातादेखि प्याराग्लाइडिङ सुरु हुने भएको छ । नेपाल सरकारले प्याराग्लाइडिङको अनुमति दिएसँगै जेठ अन्तिमदेखि धुलिखेलमै प्याराग्लाइडिङ सुरु हुने भएको हो ।
कम्पनीका अनुसार धुलिखेलको देविथान डाँडाबाट उडान भर्नेगरी नागरिक उड्डयन प्राधिकरणबाट प्याराग्लाइडिङ उडानको अनुमति पाएको हो । देविथान डाँडाबाट उड्ने प्याराग्लाइडिङ बडाल गाउँमा पुगेर ल्याण्ड हुने र यसको दूरी ३० मिनेटको हुने सञ्चालक किरण कार्कीले जानकारी दिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको अनुमति अनुसार विश्व बजार प्याराग्लाइडिङ नामक कम्पनीले धुलिखेलको वडा नम्बर ८ मा उडान अनुमति पाएको छ । हाल ७ जना प्याराग्लाइडिङ पाइलट रहेपनि आवश्यकता हेरेर भावी दिनमा प्राधिकरणसँगको समन्वयमा १३ जनासम्म पाइलट राखिने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण