बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

जेठ तेस्रो सातादेखि धुलिखेलमै प्याराग्लाइडिङ, उडान अनुमति खुला

बुधबार, १० जेठ २०८०, १८ : ०६
बुधबार, १० जेठ २०८०

काठमाडौँ । काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलमा यही जेठ तेस्रो सातादेखि प्याराग्लाइडिङ सुरु हुने भएको छ । नेपाल सरकारले प्याराग्लाइडिङको अनुमति दिएसँगै जेठ अन्तिमदेखि धुलिखेलमै प्याराग्लाइडिङ सुरु हुने भएको हो ।

कम्पनीका अनुसार धुलिखेलको देविथान डाँडाबाट उडान भर्नेगरी नागरिक उड्डयन प्राधिकरणबाट प्याराग्लाइडिङ उडानको अनुमति पाएको हो । देविथान डाँडाबाट उड्ने प्याराग्लाइडिङ बडाल गाउँमा पुगेर ल्याण्ड हुने र यसको दूरी ३० मिनेटको हुने सञ्चालक किरण कार्कीले जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको अनुमति अनुसार विश्व बजार प्याराग्लाइडिङ नामक कम्पनीले धुलिखेलको वडा नम्बर ८ मा उडान अनुमति पाएको छ । हाल ७ जना प्याराग्लाइडिङ पाइलट रहेपनि आवश्यकता हेरेर भावी दिनमा प्राधिकरणसँगको समन्वयमा १३ जनासम्म पाइलट राखिने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप