इन्टर मिलानले जित्यो कोपा इटालिया
काठमाडौं । कोपा इटालिया फुटबल प्रतियोगिताको उपाधि इन्टर मिलानले जितेको छ । इन्टर मिलानले बुधबार राति भएको फाइनलमा फियोरेन्टिनालाई २—१ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
इन्टर मिलान यो सिजनको च्याम्पियन्स लिगको फाइनलमा पनि पुगेको छ । इन्टर मिलानको जितमा दुबै गोल लाउटारो मार्टिनेजले गरेका थिए । उनले निर्धारित समयको २९औं र ३७औं मिनेटमा गोल गरेका थिए ।
खेलमा सुरुआती अग्रता भने घरेलु टोली फियोरेन्टिनाले लिएको थियो । खेल सुरु भएको तेस्रो मिनेटमै फियोरेन्टिनाका लागि निको गोन्जालेजले गोल गरेका थिए । इन्टर मिलानले लगातार दोस्रो पटक कोपा इटालियाको उपाधि चुमेको हो ।
अब फियोरेन्टिनाले आगामी जुन ७ तारिखमा वेस्ट हामसँग युरोपा कन्फरेन्स लिगको फाइनल खेल्नेछ । इन्टर मिलानले भने आगामी जुन १० तारिखमा इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीसँग च्याम्पियन्स लिगको फाइनल खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण