स्याङ्जाका ६ हजार करदाताले बुझाएनन् आयकर विवरण
वालिङ । गत वैशाख २५ गतेसम्म स्याङ्जाका छ हजार बढी करदाताले आयकरतर्फको आय विवरण बुझाएका छैनन् । करदाता सेवा कार्यालयमा दर्तामा रहेका कूल १४ हजार चार सय ४७ सङ्घसंस्था, कम्पनी, समूह, समिति र फर्म रहेकामा छ हजार एक सय १० करदाताले आयकर विवरण नबुझाएका हुन् । गत वैशाख मसान्तसम्म करदाता सेवा कार्यालयमा आयकरतर्फको आय विवरण नबुझाउने ६ हजार एक सय १० करदातालाई आय विवरण बुझाउन पत्राचार तथा सूचना जारी गरिएको कार्यालय प्रमुख कर अधिकृत शोभाकान्त पङ्गेनीले बताए ।
गत चैत २५ गतेसम्म ६ हजार पाँच सय १५ जनाले आय विवरण बुझाउन बाँकी रहेकामध्ये वैशाख मसान्तसम्म चार सय पाँच जनाले आय विवरण बुझाएको उनले बताए । प्रत्येक आर्थिक वर्ष सकिएपछि असोज मसान्तभित्र आय विवरण बुझाउनुपर्नेमा करदाताले आय विवरण नुबझाएपछि पत्राचार तथा फोन सम्पर्क भइरहेको उनले जानकारी दिए । “कतिपयले व्यापार व्यवसाय छाड्नुभयो तर स्थायी लेखा नम्बर बन्द गर्नुभएको छैन”, उनले भने, “व्यापार व्यवसाय छाडेको भए समयमै स्थायी लेखा नम्बर स्थगन गर्न करदातालाई पत्राचार गरिएको छ ।”
व्यापार व्यवसाय सञ्चालन गर्न छाडे पनि थाहा नभएकै कारण यी समस्या देखिएका हुनसक्ने भएकाले वस्तुगत सङ्घसंस्था, जिल्लास्थित उद्योग वाणिज्य सङ्घमार्फत र स्वयं करदातालाई टेलिफोन वा म्यासेजमार्फत आयकर विवरण बुझाउन ताकेता गरिएको उनले बताए । समयमै आयकर नबुझाउने करदातालाई आन्तरिक राजस्व कार्यालयबाट आयकर ऐन २०५८ अनुसार अन्य कानुनी कारबाही तथा विलम्ब शुल्क लिने व्यवस्था रहेको छ । जिल्लाका ११ पालिकामध्ये करदाता सेवा कार्यालयले पत्राचार गरेसँगै विवरण बुझाउने सम्पर्कमा आई विवरण बुझाउन थालेकाले सङ्ख्या घट्दै गएको छ ।
उनका अनुसार वैशाख मसान्तसम्म वालिङ नगरपालिकाभित्रका एक हजार आठ सय ८९, पुतलीबजार नगरपालिकाका एक हजार तीन सय २०, भिरकोट नगरपालिकाका तीन सय ९०, चापाकोट नगरपालिकाका पाँच सय ७९, गल्याङ नगरपालिकाका छ सय ९६ करदाताले आयकर विवरण बुझाएका छैनन् । आँधीखोला गाउँपालिकाका दुई सय २६, फेदीखोला गाउँपालिकाका दुई सय ५८, बिरुवा गाउँपालिकाका एक सय ३५, अर्जुनचौपारी गाउँपालिकाका एक सय ७४, कालीगण्डकी गाउँपालिकाका दुई सय एक र हरिनाश गाउँपालिकाका दुई सय ४२ करदाताले आयकर विवरण बुझाउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण