सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पहिला आमिरले अस्वीकार गरे, त्यसपछि ऋतिकले : सलमानको हातमा पर्‍यो यस्तो फिल्म जसले रचिदियो इतिहास

बिहीबार, ११ जेठ २०८०, १५ : ३६
बिहीबार, ११ जेठ २०८०

बलिउड अभिनेता सलमान खानले फिल्म ‘मैने प्यार किया’ बाट अभिनेताको रूपमा आफ्नो करियरको धमाकादार सुरुवात गरेका थिए । यो ३४ वर्ष अघिको कुरा हो । हालै इदको मौकामा उनको फिल्म ‘किसी का भाइ किसी की जान’ रिलिज भएको थियो, जसले बक्स अफिसमा खासै राम्रो प्रदर्शन गर्न सकेन । तर आज सलमानबारे एउटा अपत्यारिलो घटनाबारे जानकारी लिऔँ ।

वास्तवमा सलमानको खातामा हालसम्म दुई वटा अल टाइम ब्लकबस्टर फिल्म छन् । उनको पहिलो अल टाइम ब्लकबस्टर फिल्म सन् १९९४ मा रिलिज भएको थियो जसको नाम हो, ‘हम आपके है कौन’ र २१ वर्षपछि अर्थात् सन् २०१५ मा उनको दोस्रो अल टाइम ब्लकबस्टर फिल्म आयो, जसको नाम बजरंगी भाइजान थियो । 

सलमानको फिल्म ‘बजरंगी भाइजान’ रिलिजका साथै बक्स अफिसमा छाएको थियो र कमाईको मामिलामा यसले इतिहास रचेको थियो । तर यो फिल्मका लागि सलमान खान निर्देशकका पहिलो रोजाइ थिएनन् । सलमानभन्दा अघि यो फिल्मको अफर आमिर खान र ऋतिक रोशनले पाएका थिए ।

मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने आमिर र ऋतिकले फिल्म अस्वीकार गरेपछि यो फिल्मको अफर सलमान खानलाई गरिएको थियो । ‘बजरंगी भाइजान’ फिल्म ‘बाहुबली’ का लेखक केवी विजयेन्द्र प्रसादले लेखेका थिए र फिल्मको निर्देशन कबिर खानले गरेका थिए । यो फिल्म राकेश रोशनले निर्देशन गर्ने पनि भनिएको थियो ।

मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने विजयेन्द्रले यो फिल्मलाई सह–निर्माण गर्ने तयारीमा थिए र राकेश कसैसँग फिल्मलाई को–प्रोड्युस गर्न चाहँदैनथे । यस्तोमा यो फिल्म सलमान खानको प्रोडक्सन कम्पनी सलमान खान फिल्म्स र कबिर खानको पोल्टोमा गयो । यसरी यो फिल्मबाट राकेश रोशन र ऋतिक रोशन दुवै यो फिल्मबाट बाहिरिए ।

यो फिल्मको अफर पहिला आमिर खानलाई पनि गरिएको थियो भन्ने गरिन्छ तर कुनै कारणले उनले यो फिल्ममा अभिनय गर्न मानेनन् । यो फिल्मको बजेट ७० देखि ९० करोड बताइँदै छ र यसको विश्वव्यापी कमाई लगभग ९१८.१८ करोड थियो । यही फिल्मपछि सलमानलाई उनका प्रशंसकले प्रेमपूर्वक भाइजान भन्न थालेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप