शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
देखाइयो रातो मत्स्येन्द्रनाथको भोटो, तस्बिरमा हेर्नुहोस्
फोटोफिचर

देखाइयो रातो मत्स्येन्द्रनाथको भोटो, तस्बिरमा हेर्नुहोस्

बिहीबार, ११ जेठ २०८०

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा बिहीबार ललितपुरको जावलाखेलमा सम्पन्न भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विशिष्ट व्यक्ति तथा सर्वसाधारणको उपस्थितिमा बिहीबार अपरान्ह रातो मत्स्येन्द्रनाथको भोटो देखाइएको हो । ललितपुरको जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो गुठी संस्थान, ललितपुर कार्यालयका प्रतिनिधिले देखाउने चलन छ ।

लगनखेलको थतीटोल चौबाटोमा रहेको रातो मत्स्येन्द्रनाथको रथलाई तानेर चार दिनअघि जावलाखेलमा पुर्याइएको थियो । रथ जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो देखाउने प्रचलन छ । सोहीअनुसार बिहीबार भोटो देखाइएको हो ।

अब रातो मत्स्येन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुंगमती पुर्याइन्छ । रातो मत्स्येन्द्रनाथको भोटो देखाउने अवसरमा बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदासमेत दिइएको थियो  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया