गण्डकी प्रदेशको बजेट अधिवेशन आह्वान
बिहीबार, ११ जेठ २०८०, २० : ३६
पोखरा । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन शुक्रबारबाट सुरु हुने भएको छ । प्रदेशसभाका प्रवक्ता प्रेम सुवेदीका अनुसार सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन आह्वान गरेका हुन् ।
शुक्रबारदेखि विनियोजन विधेयक २०८० को प्राथमिकता र सिद्धान्तलाई अर्थमन्त्री जीत प्रकाश आले मगरले संसदमा टेबल गर्ने छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले पूर्णता पाएसँग आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल हुन लागेको हो ।
विनियोजन विधेयक टेबल गरेपछि अर्थमन्त्री मगरले बजेटमाथिको सिद्धान्त र प्राथमिकता सभामा प्रस्तुत गर्नेछन् । शुक्रबार नै प्रदेश सभाले नियमावली समितिको कार्यअवधि पनि थप्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण