शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशको बजेट अधिवेशन आह्वान

बिहीबार, ११ जेठ २०८०, २० : ३६
बिहीबार, ११ जेठ २०८०

पोखरा । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन शुक्रबारबाट सुरु हुने भएको छ । प्रदेशसभाका प्रवक्ता प्रेम सुवेदीका अनुसार सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन आह्वान गरेका हुन् । 

शुक्रबारदेखि विनियोजन विधेयक २०८० को प्राथमिकता र सिद्धान्तलाई अर्थमन्त्री जीत प्रकाश आले मगरले संसदमा टेबल गर्ने छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले पूर्णता पाएसँग आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल हुन लागेको हो ।

विनियोजन विधेयक टेबल गरेपछि अर्थमन्त्री मगरले बजेटमाथिको सिद्धान्त र प्राथमिकता सभामा प्रस्तुत गर्नेछन् । शुक्रबार नै प्रदेश सभाले नियमावली समितिको कार्यअवधि पनि थप्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप