जुडोमा ललितपुर पहिलो
काठमाडौँ । दोस्रो बागमती प्रदेश खेलकुदको जुडोमा ललितपुर टिम च्याम्पियन बनेको छ । काठमाडौँको खुशीबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगितामा ललितपुर ४ स्वर्ण, ३ रजत र २ कांस्य पदकसहित टिम च्याम्पियन बनेको हो ।
प्रतियोगितामा काभ्रे ३ स्वर्ण, १ रजतर १ कांस्यसहित दोस्रो भयो । २ स्वर्ण, १ रजत र १ कांस्यसहित नुवाकोट तेस्रो स्थानमा रह्यो । पुरुष र महिलामा समान ७–७ गरी १४ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा मकवानपुरले २ तथा रामेछाप, सिन्धुपाल्चोक र काठमाडौँले १–१ स्वर्ण पदक जिते ।
प्रतियोगिताको पुरुषमा काभ्रेका प्रवीणकुमार दियाली तथा महिलामा नुवाकोटकी अन्जु पाण्डे उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताको अन्तिम दिन बिहीबार महिला ७० केजी तौलसमूहमा रामेछापकी रन्जना खड्का, ७८ केजीमुनि मकवानपुरकी एलिसा गोले र ७८ केजीमाथि मकवानपुरकी अस्मिता गोलेले स्वर्ण चुमे ।
यसैगरी पुरुषको ८१ केजीमुनि काभ्रेका मनोज आचार्य, ९० केजीमुनि नुवाकोटका रामभक्त तामाङ, १ सय केजीमुनि काभ्रेका आकाश आलेमगर र १ सय केजीमाथि काठमाडौँका वसिस्ट महर्जन शीष स्थानमा रहे । दुई दिने प्रतियोगितामा ९ जिल्लाका ५७ खेलाडी सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण