शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

पहिलो बयान मुख्य अभियुक्त केशव दुलालको लिने तयारी

शुक्रबार, १२ जेठ २०८०, ११ : ४३
शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबारबाट काठमाडौं जिल्ला अदालतमा बयान सुरु हुन लागेको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीहरुको बयान सुरु हुन लागेको हो ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार पहिलो बयान मुख्य अभियुक्त केशवप्रसाद दुलालको लिइने छ । सरकारी वकिल कार्यालयले दर्ता गरेको क्रमानुसार नै प्रतिवादीहरुको बयान लिन लागिएको हो । 

काठमाडौं जिल्ला अदालतमा बुधबार दर्ता गरिएको २२४ पृष्ठ लामो अभियोगपत्रमा ३० जनालाई प्रतिवादी बनाउँदा केशवप्रसाद दुलालको नाम पहिलो प्रतिवादीका रुपमा रहेको छ ।

त्यसैगरी दोस्रो प्रतिवादीका रुपमा सानु भण्डारी, तेस्रोमा सागर राई र चौथोमा सन्देश शर्मालाई प्रतिवादी बनाइएको छ । तत्कालीन गृहमन्त्री राम बहादुर थापा 'बादल'का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई ६ नम्बरमा प्रतिवादी बनाइएको छ भने टोप बहादुर रायमाझीलाई ७ नम्बर, निलम्बिव पूर्व गृहसचिव टेक नारायण पाण्डेलाई ९ नम्बर र पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई १३ नम्बरमा राखेर प्रतिवादी बनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप