कांग्रेस प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा
शुक्रबार, १२ जेठ २०८०, १२ : २२

काठमाडौँ । नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य विश्वकर्मालाई प्रचार विभाग प्रमुखमा नियुक्त गरेका हुन् ।
पार्टी प्रवक्ता डा.प्रकाशशरण महत प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्री बनेकाले प्रचार मोर्चालाई सशक्त बनाउन कांग्रेसले यो निर्णय गरेको हो । अब प्रवक्ताको अनुपस्थितिमा विश्वकर्मामार्फत पार्टीका गतिविधिहरु आम जनमानस र मिडियामा सम्प्रेषण हुने कांग्रेसले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली भूभाग सट्टापट्टा गर्न सकिने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति गैर जिम्मेवार र आपत्तिजनक : थापा
-
पश्चिमी अस्ट्रेलियामा ८०० किलो कोकिन बरामद, तीन जना पक्राउ
-
मे महिनामा चीनको नविकरणीय ऊर्जा सवारी साधन विक्री ८२ प्रतिशतले बढ्यो
-
लगानी र बजार माग बढ्नेमा परिसङ्घको आशङ्का
-
मदिरा उत्पादकदेखि बिक्रेतासम्मको लाइसेन्स र नवीकरण दस्तुर बढ्यो
-
भ्रमणले प्रधानमन्त्री तहमा विश्वासको वातावरण बढाएको छ : परराष्ट्रमन्त्री साउद