लघुकथा : तुइन
कार्यालय परिसर भरिभराउ छ । कसैलाई बाहिर निकाल्न सकिएको छैन वा खोजिएको पनि छैन । सबैको अनुहार मलिन छ ।
“अब त आउनुपर्ने हो ।” एउटाले प्रवेशद्वारतर्फ हेरेर भन्यो ।
“के गर्नु, उताको नियमअनुसार काम पूरा गरेर आउने हो । ढिलो हुन्छ ।” अर्कोले भन्यो ।
“के मा खराबी भयो, थाहा भएन है ?” अर्को एकजना बोलेको सुनियो ।
“पारी बजार गएर फर्केका थिए । के हुनु अँध्यारो थियो । पालो कुर्दा रातै परेछ त ।” अघिबाट पर्खालमा बसेर चुरोट तान्दै गरेको हर्क ठगुन्नाले भने ।
एक पटक सन्नाटा छायो । सरकारी कर्मचारी बाहिर निस्केर प्रवेशद्वारतर्फ लागे । प्रहरीले भीडलाई पन्छायो । एउटा मोटर भित्र पसेर रोकियो र मोटरबाट बाकस ओरालियो ।
प्रमुख जिल्ला अधिकारी कार्यालय भित्रबाट बाहिर निस्कनु भयो । “ल हकवाला आउनु त, यहाँ सही गर्न । ”
प्रमुख जिल्ला अधिकारीसँगै आएको कर्मचारीले कागज देखाए । “ल जाऊ बाबु ।”
एक जना आठ वर्षको बच्चालाई अगाडि लगाइयो । “अरू ठुलो मान्छे कोही छैन ?” प्रमुख जिल्ला अधिकारीले सोध्नु भयो ।
“छैन सर, उसको त हजुरबुबा, आमालगायत घरका सबै यसरी नै सकिए । अहिले आएर बुबा पनि बित्यो ।” तीर्थ धामी बाजेले लट्ठी टेक्दै अगाडि आएर भने ।
“आमा कहिले बित्नु भएको थियो ?” प्रमुख जिल्ला अधिकारीले सोध्नु भयो ।
“यसले कोक्रो मच्चाउन सुरु गर्ने बेलामा हो । बुबाले टुहुरो छोरो हुर्काएको हो ।” धामी बाजेले भने ।
“त्यही ठाउँमा कि कता ?” उनलाई सोधियो ।
“हैन माथिल्लोमा हो । त्यही वर्ष पुल बनाउन मन्त्रीबाट शिलान्यास भएको ठाउँ नजिकै । बनाउन त भ्याएका छैनन् अझै ।” धामी बाजेले भने ।
बाजेले अझ भन्दै गए, “लास वारि भेटियो भने त छिटो हुने इन्डियामा फेला परेको बेला बेस्सरी दुःख पाइने रहेछ ।”
प्रमुख जिल्ला अधिकारी लास बोकेर गएका गाउँलेहरूको भीड हेरिरहनु भयो ।
पोखरा–७, मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण