नीति तथा कार्यक्रमले दलितलाई छुन सकेन : सांसद परियार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सरकारले ल्याएको नीति तथा कार्यक्रमले सर्वसाधारण जनतालाई छुन नसकेको टिप्पणी गर्नु भएको छ । शनिबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै परियारले विकासको केन्द्रमा जनतालाई राखेर नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा त्यसो नभएको बताए ।
उनले भने, ‘म यसलाई नितान्त हिजो भन्दा केही फरक छैन त भन्दिन । तर मलाई दुःख लाग्छ । यो नीति तथा कार्यक्रमले यो मुलुकको सरकारी तथ्यांकले भनेको १३ प्रतिशत दलितलाई छुन सकेन । अव विकासबारे नयाँ शिराबाट बहस सुरु गरौँ । विकासको केन्द्रमा जनतालाई राखौँ । मान्छेको जीवनलाई राखौँ । हामी एउटा यस्तो विकासका निर्माण गरौँ, विकासको नीति निर्माण गरौँ, जसले गर्दा हाम्रो संविधानले ग्यारेन्टी गरेको मौलिक अधिकारहरूलाई हामीले सुरक्षित गर्न सकौँ । ती अधिकारहरूलाई सम्पन्न गर्न सकौँ ।’ सांसद परियारले जनताको जीवनमा परिवर्तन ल्याउन नसक्ने नीति तथा कार्यक्रमको कुनै अर्थ नहुने पनि बताउनु भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको बेङ्लोरका दर्जनौं विद्यालयमा बम राखेको ‘अफबाह’ फैलिएपछि....
-
अस्थायी आवासका लागि आज रु २४ करोड पठाइयो
-
निर्देशक पद गएपछि पौडेलको आक्रोशः राणा शासन भन्दा कडा अधिनायकवाद
-
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : कोइराला
-
पूर्वी नेपालमा बढ्यो हात्ती आङ्तक
-
महिला र बालिकालाई भारतमा बिक्री गरेको आरोपमा एक महिला पक्राउ