छोरीले उपाधि जितेपछि भावुक बनिन् रुवि राणा
शनिबार, १३ जेठ २०८०, १९ : ४२

काठमाडौँ । आफ्नो छोरीले मिस नेपाल इन्टरनेसनलको उपाधि जितेपछि प्रथम मिस नेपाल रुवि राणा भावुक बनेकी छिन् । राणाकी छोरी प्रसिद्धी शाहले मिस नेपाल वर्ल्ड २०२३ को फिनालेमा सो उपाधि हात पारेकी हुन् ।
उपाधि जितेसँगै रातोपाटीसँगै संक्षिप्त कुराकानी गर्दै राणाले भनिन्, ‘मलाई निकै गर्व महसुस भइरहेको छ । छोरीले अझै प्रगति गरोस्, योभन्दा माथि जाओस् भन्ने कामना छ ।’ ललितपुरबाट प्रतियोगी शाह वातावरण विज्ञानमा स्नातक हुन् ।
मिस नेपाल वर्ल्डको उपाधि भने श्रीच्छा प्रधानले जितेकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न अन्तिम स्पर्धामा उनले २३ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । त्यस्तै रैना मजगैया मिस नेपाल अर्थ घोषित भएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुन्डाई नेपालद्वारा बिर्तामोडमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना
-
भाडाको घरमा सीके राउतको दाबी, हत्याउन अनेक प्रपञ्च
-
कांग्रेस पदाधिकारी बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?
-
दिवस नाथको ‘राख मनैमा’
-
झापामा सात सय ७६ घरेलु तथा साना उद्योग थपिए
-
आज ७३औँ कानुन दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै