शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
संसद बैठक

भारत भ्रमणमा लिम्पियाधुरा, कालापानी र पञ्चेश्वरबारे कुरा उठाउँछु : प्रधानमन्त्री

शनिबार, १३ जेठ २०८०, २० : ४७
शनिबार, १३ जेठ २०८०

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले आसन्न भारत भ्रमणका क्रममा नेपाल भारतको सीमा विवाद समाधानका लागि उपयुक्त ढंगले छलफलमा कुरा उठाउने बताएका छन् । शनिवार प्रतिनिधिसभामा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिंदै प्रचण्डले लिम्पियाधुरा, कालापानी र पञ्चेश्वरबारे भारत भ्रमणमा उपयुक्त तरिकाले छलफलमा उठाउने जानकारी गराएका हुन् । 

उनले भने– ‘पञ्चेश्वर परियोजना अगाडि बढाउनेबारे एउटा नयाँ समझदारी हुन्छ भन्ने मेरो विश्वास छ । निकै सकारात्मक ढंगले छलफल चलेको छ ।’ उनले सार्क बैठकबारे छलफल चलिरहेको बताए । ख्वप विश्वविद्यालयको बारेमा पनि आफू सकारात्मक रहेको उल्लेख गरे । ‘भारत भ्रमणका बेला कालापानी लगायत सीमाना र इपीजीबारे गम्भीर ध्यान छ । यी विषय उपयुक्त तरिकाले  छलफलमा जान्छन्’, प्रधानमन्त्रीले प्रष्ट पार्दै भने ।

 सांसद रघुजी पन्तले लिपुलेक र पञ्चेश्वरबारे प्रधानमन्त्रीको धfरणा मागेका थिए । प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणका वेला भारतसँग एयर रुटबारे छलफल हुने र नयाँ रुट पाउने सम्भावना रहेको बताए ।

चीन र नेपालबीचमा पहिला सहमति भैसकेको माडी जलाशयुक्त आयोजना हटाएकोबारे प्रधानमन्त्रीले लाइसेन्स रिन्यु नभएकाले रद्ध भएकाले अब नयाँ शिराबाट सरकार अघि बढ्न लागेको बताए । त्यस्तै उनले नागरिकताबारे सोधिएको प्रश्नमा प्रधानमन्त्रीले अघिल्लो सदनबाट दुई पटक पारित भएर राष्टपतिबाट होल्डमा भएकाले जहाँबाट उत्पति भएको हो त्यहिँबाट खोजी गर्नु उपयुक्त हुने भएकाले सोही अनुसार प्रक्रिया अघि बढेको भन्दै राष्ट्रपतिबाट प्रमाणीकरण भएर समाधान हुन्छ भन्ने सरकारको विश्वास रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप