अमेजन प्राइमको ‘म्युजिक वेब सिरिज’ मा अदिति
काठमाडौँ । नेपाली फिल्मको साथसाथै भारतका म्युजिक भिडियो, विज्ञापन लगायतमा अभिनयमा सक्रिय अभिनेत्री अदिति बुढाथोकी अमेजन प्राइमको ‘म्युजिक वेब सिरिज’ मा पनि देखिने भएकी छन् ।
सिरिजमा उनी मुख्य कलाकारको रूपमा देखिन लागेकी हुन् । नितिन गावडेको निर्देशन रहने सिरिजमा उनी १ देखि सिजन ३ सम्म देखिनेछिन् ।
अमेजन प्राइमबाट रिलिज हुने वेब सिरिजको छायाकार विनोद प्रधान हुन् । अदिति अहिले यही वेब सिरिजको सुटिङमा व्यस्त छिन् ।
अदिति अभिनीत पछिल्लो नेपाली फिल्म ‘बाबरी’ केही अगाडि प्रदर्शनमा आएको थियो । उनकै होम प्रोडक्सन बाबरी फिल्मस्ले यो निर्माण गरेको थियो । बाबरी फिल्मस् अहिले नयाँ फिल्म निर्माणमा जुटेको छ ।
फिल्म ‘बाबरी’ निर्माण र प्रदर्शन समय नेपाल रहेकी अदिति धेरै समय मुम्बईमा बस्दै आएकी छन् । बलिउड फिल्म अभिनय लक्ष्य सहित उनी भारतमा सङ्घर्षरत छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण