मन्त्रिपरिषद् बैठक
गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित १८ जना छुट्ने !
आइतबार, १४ जेठ २०८०, १२ : ०७

काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १८ जना राजबन्दी छुट्ने भएका छन् । मन्त्रिपरिषद्ले आममाफी र माफीमिनाहासम्बन्धी व्यवस्थाअनुसार १८ जनालाई रिहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गृहको प्रस्तावअनुसार सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
संविधानको धारा २७६ मा माफीसम्बन्धी व्यवस्था छ । जसमा भनिएको छ, ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नारायणगोपालले मलाई गीत लेख्न लगाएर गीतकारको रूपमा स्थापित गर्नुभयो’
-
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारसँग फेरि आग्रह
-
लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत
-
केपी ओलीका कारण कम्युनिस्ट आन्दोलन धुजाधुजा छ : नेता खतिवडा
-
बेलायतले गर्यो अध्यागमनमा कडाइ : अन्तर्राष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउन सकस
-
नेप्से सूचक दोहोरो अंकले घट्यो, १ अर्ब ५४ करोडको कारोबार