बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पास
काठमाडौँ । बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पास गरेको छ । प्रदेश सरकारको आइतबार बिहान बसेको बैठकले संसदमा पेश गरिने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पास गरेको हो । उक्त नीति तथा कार्यक्रम आज आइतबार बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्नेछन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले ५ वटा प्रहरी इकाई भवनको निर्माणका खर्च अख्तियारी दिने निर्णय गरेको छ । बैठकले प्रहरी चौकी रत्ननगर–६ सौराहा, चितवन ९७ लाख ३३ हजार रुपैयाँ, जिल्ला प्रहरी कार्यालय मकवानपुर महिला व्यारेक भवन ८४ लाख २२ हजार रुपैयाँ, प्रहरी चौकी खाङसाङ फिक्कल–४ सिन्धुली एक करोड ३ लाख ३९ हजार रुपैयाँ, जिल्ला ट्राफिक कार्यालय रामेछाप एक करोड ३२ लाख ६१ हजार रुपैयाँ र इलाका प्रहरी कार्यालय मकवानपुरगढीको भवन एक करोड ९८ लाख १ हजार रुपैयाँ गरी कुल ६ करोड १५ लाख ५६ हजार रुपैयाँ अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले बैठकले स्थानीय विपद कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । जसमा गौरीशंकर गाउँपालिका दोलखा १० लाख रुपैयाँ, गोकुलगंगा गाउँपालिका रामछाप १० लाख रुपैयाँ, बाह्रबिसे नगरपालिका सिन्धुपाल्चोक १० लाख रुपैयाँ, म्यागङ गाउँपालिका नुवाकोट १० लाख रुपैयाँ, नौकुण्ड गाउँपालिका रसुवा १० लाख रुपैयाँ, त्रिपुरासुन्दरी गाउँपालिका धादिङ १० लाख रुपैयाँ, बेथानचोक गाउँपालिका काभ्रेपलान्चोक १० लाख रुपैयाँ, राक्सिराङ गाउँपालिका मकवानपुर १० लाख रुपैयाँ, मरिण गाउँपालिका सिन्धुली १० लाख रुपैयाँ र इच्छाकामना गाउँपालिका चितवन १० लाख रुपैयाँ विनियोजन गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।
त्यसैगरी बैठकले प्राकृतिक विपद् तथा जोखिम न्यूनीकरणका लागि स्थानीय तहहरुलाई थप सशर्त अनुदान समेत दिने निर्णय गरेको छ । बैठकले विपद् तथा जोखिम न्यूनीकरणका लागि प्रदेशका ३ वटा स्थानीय तहलाई कुल १ करोड ९० लाख रुपैयाँ सशर्त अनुदान दिने निर्णय गरेको हो । उक्त अनुदान नुवाकोटको म्यागङ र दुप्चेश्वर गाउँपालिकालाई क्रमशः ३० लाख र एक करोड १० लाख रुपैयाँ र मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
बैठकले विज्ञान प्रबिधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धि विधेयक तर्जुमा सम्बन्धमा सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ भने केही दिन अघिमात्र सिन्धुली अस्पतालमा घटेको घटनाको कारण भएको भौतिक संरचनाको क्षतिलाई बनाउन १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
-
शरीरमा के हुन्छ २१ दिनसम्म खाली पेटमा मेथीको पानी पिउँदा ?
-
देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : आङ्देम्बे
-
इरान-अमेरिका वार्ता सुरु भए पनि रोकिएन तनाव : जलमार्गदेखि अर्थतन्त्रसम्म युद्धको असर
-
सुनसरी घटना : साम्प्रदायिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति
-
सुनसरीको देवानगन्ज घटनाप्रति मानव अधिकार आयोगको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण