अभिनेत्री विपना थापा ‘युग नायिका’ उपाधिद्वारा सम्मानित
काठमाडौँ । नेपालमा कलाकारलाई विभिन्न उपाधि दिने होडबाजी छ । त्यसरी दिएको उपाधि बेलाबेलामा विवादमा समेत पर्दै आएका छन् । यस्तैमा पुरानी अभिनेत्री बिपना थापालाई ‘युग नायिका’ उपाधि दिइएको छ । शनिवार काठमाडौँमा आयोजित ‘स्पर्श म्युजिक भिडियो अवार्ड’ मा उनलाई अभिनयका कारणले यो उपाधि दिइएको हो । कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, नृत्य निर्देशक कमल राई र छायाकार राजु केसी लगायतले बिपनालाई उपाधि प्रदान गरे ।
‘जन्मभूमि’ बाट फिल्म अभिनयमा भित्रिएकी बिपनाले थुप्रै फिल्म अभिनय गरेकी छन् । विवाहपछि भारतमा बस्दै आएकी बिपना सम्मानका लिनकै भनेर बिहीबार नेपाल आएकी थिइन् । उनी केही दिनमै भारत फर्किनेछिन् । कार्यक्रममा उनीद्वारा अभिनीत फिल्मका चर्चित गीतहरूमा अभिनेत्री नम्रता सापकोटा, अभिनेताद्वय दिक्पाल कार्की, यशराजलगायतले नृत्य गर्दै ‘ट्रिब्यूट’ दिएका थिए । बिपनाले पनि कार्यक्रममा आफ्नै गीत ‘आगो लाग्यो दिलैमा’ मा नृत्य गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण