शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री विपना थापा ‘युग नायिका’ उपाधिद्वारा सम्मानित

आइतबार, १४ जेठ २०८०, १३ : १३
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । नेपालमा कलाकारलाई विभिन्न उपाधि दिने होडबाजी छ । त्यसरी दिएको उपाधि बेलाबेलामा विवादमा समेत पर्दै आएका छन् । यस्तैमा पुरानी अभिनेत्री बिपना थापालाई ‘युग नायिका’ उपाधि दिइएको छ । शनिवार काठमाडौँमा आयोजित ‘स्पर्श म्युजिक भिडियो अवार्ड’ मा उनलाई अभिनयका कारणले यो उपाधि दिइएको हो । कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, नृत्य निर्देशक कमल राई र छायाकार राजु केसी लगायतले बिपनालाई उपाधि प्रदान गरे ।

‘जन्मभूमि’ बाट फिल्म अभिनयमा भित्रिएकी बिपनाले थुप्रै फिल्म अभिनय गरेकी छन् । विवाहपछि भारतमा बस्दै आएकी बिपना सम्मानका लिनकै भनेर बिहीबार नेपाल आएकी थिइन् । उनी केही दिनमै भारत फर्किनेछिन् । कार्यक्रममा उनीद्वारा अभिनीत फिल्मका चर्चित गीतहरूमा अभिनेत्री नम्रता सापकोटा, अभिनेताद्वय दिक्पाल कार्की, यशराजलगायतले नृत्य गर्दै ‘ट्रिब्यूट’ दिएका थिए । बिपनाले पनि कार्यक्रममा आफ्नै गीत ‘आगो लाग्यो दिलैमा’ मा नृत्य गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप