शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रेशम चौधरीलाई कानुन बमोजिम नै आममाफी दिइएको हो : रेखा शर्मा

आइतबार, १४ जेठ २०८०, १३ : १८
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रेशम चौधरीलाई आममाफी दिने विषय कानुन बमोजिम भएको बताएकी छन् । मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले कानुनविद्हरुसँग राय लिएर सो निर्णय गरिएको बताइन् ।

‘रेशमजीको सवालमा सर्वोच्च अदालतको जुन फैसला भयो । उच्च अदालतको फैसलालाई टेकेको अवस्था छ’ शर्माले भनिन्, ‘उहाँको विषयमा कानुन विदहरुसँग राय सुझाव बमोजिम निर्णय भएको छ । हामीले लिएको राय सुझावअनुसार कानुनी रुपमा ठिक छ भन्ने छ ।’ आफूहरुले कानुनभन्दा बाहिर निर्णय नगरेको शर्माले जिकिर गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप