रेशम चौधरीलाई कानुन बमोजिम नै आममाफी दिइएको हो : रेखा शर्मा
आइतबार, १४ जेठ २०८०, १३ : १८
१
काठमाडौँ । नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रेशम चौधरीलाई आममाफी दिने विषय कानुन बमोजिम भएको बताएकी छन् । मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले कानुनविद्हरुसँग राय लिएर सो निर्णय गरिएको बताइन् ।
‘रेशमजीको सवालमा सर्वोच्च अदालतको जुन फैसला भयो । उच्च अदालतको फैसलालाई टेकेको अवस्था छ’ शर्माले भनिन्, ‘उहाँको विषयमा कानुन विदहरुसँग राय सुझाव बमोजिम निर्णय भएको छ । हामीले लिएको राय सुझावअनुसार कानुनी रुपमा ठिक छ भन्ने छ ।’ आफूहरुले कानुनभन्दा बाहिर निर्णय नगरेको शर्माले जिकिर गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण