पशु स्वास्थ्य क्षेत्र सरकारको उपेक्षामा परेको छ : मन्त्री भुसाल
काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले मानव स्वास्थ्य सेवामा जस्तै पशु स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्न प्रतिबद्ध रहेको बताएका छन् ।
आइतबार काठमाडौँमा भएको महिला पाराभेटेनरीयनहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कृषिमन्त्री भुसालले अहिलेसम्म सरकारले मानव स्वास्थ्य सेवा क्षेत्रमा मात्रै महत्त्व दिएको भन्दै अब सरकारले पशु स्वास्थ्य सेवाको क्षेत्रमा पनि महत्त्व दिने बताए ।
कृषिमन्त्री भुसालले पशु स्वास्थ्य क्षेत्र सरकारको उपेक्षामा रहेको भन्दै पशु स्वास्थ्य मानवसँग अभिन्न रुपले जोडिएको विषय बुझ्न नसकिएको बताए । सरकारले अहिलेसम्म पशु स्वास्थ्यको क्षेत्रमा महत्त्व नदिएको उनले स्वीकार गरे । अब सरकारले पशु स्वास्थ्य क्षेत्रका भएका कानून परिमार्जन र नयाँ कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने उनले बताए ।
मन्त्री भुसालले भेटेनरी क्षेत्रमा देशैभर महिलाहरु सक्रिय सहभागिता देख्दा खुसी लागेको बताए । समाज रुपान्तरणको क्षेत्रमा महिलाले नेतृत्व लिन आवश्यक रहेको भन्दै उनले अब महिलाहरु हेपिए भनेर बस्न नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण