प्रधानमन्त्रीलाई वामदेवको सुझाव : बचेर आउनुहोला !
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारत भ्रमणको सम्बन्धमा चारवटा सुझाव दिएका छन् ।
आइतबार प्रधानमन्त्री दाहालले पूर्वप्रधानमन्त्रीसहित पूर्वपरराष्ट्रमन्त्री लगायत शीर्ष नेताहरूलाई सुझावका लागि सिंहदरबारमा बोलाएका थिए । सो क्रममा गौतमले दिएका चार सुझावहरू यस्ता छन्:
१. हाम्रो देश एकातिर अजिङ्गर र अर्कोतिर सिंह भएको अवस्थामा छौँ, बचेर आउनुहोला ।
२. ईपीजी लागु गर्न र कालापानी क्षेत्रबाट अतिक्रमण गरेर बसेका भारतीय सुरक्षा फौज जतिसक्दो हटाउन सहमति गराउनुहोला ।
३. लिम्पियाधुरा त्रिदेशीय नेपाल, चीन र भारतबीचको सीमाविन्दु हो भन्नेमा भारत र चीनलाई सहमत नगराउँदासम्म पञ्चेश्वर जलविद्युत परियोजना नेपालको पक्षमा नहुने भएकाले यसमा नेपालको संलग्नता नजनाउनुहोला ।
४. नेपालका ठुला उद्योगपति र सबै धनपतिहरूले मिलेमतोमा लाखको धितो राखेर अर्बौँ रूपमा नेपाली बैंकहरुबाट लगेका छन् र देशभित्र र बाहिर लगानी गरेर कालो धन कमाइ गरेका छन् । अहिले बैंकहरुसँग लगानीका निम्ति पैसा छैन । अख्तियारले तुरुन्त यस्ता कारोबारमा घुसेर जाँच पडताल गरोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण