रेशमको कैद माफी गर्ने निर्णयविरुद्धको रिट समय अभावले दर्ता भएन
काठमाडौँ । रेशम चौधरीको कैद सजाय माफी दिने निर्णयविरुद्धको रिट आइतबार अदालतमा दर्ता भएन । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका चौधरीको कैद सजाय माफी दिएका छन् ।
राष्ट्रपतिको सो निर्णयविरुद्ध टिकापुरमा हत्या गरिएका प्रहरी निरीक्षक केशव बोहरा पत्नी शारदा कडायत बोहराले सर्वोच्च अदालतमा रिट दिएकी हुन् । समय अभावका कारण आइतबार रिट दर्ता नभएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
रिट दर्ताबारे सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले रातोपाटीसँग भने,‘आज कार्यालय समय सकियो ।’
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गणतन्त्र दिवसको अवसर पारेर चौधरीको सजाय माफी दिने निर्णय गरेका हुन् । निर्णय नगर्न माग राखेर शुक्रबार पीडित परिवारले राष्ट्रपतिको कार्यालयमा पनि निवेदन दर्ता गराएका थिए ।
२०७२ भदौ ७ मा कैलालीको टिकापुरमा थरुहट समर्थक प्रदर्शनकारीको आक्रमणबाट प्रहरी निरीक्षक केशव बोहराले ज्यान गुमाएका थिए । टिकापुरमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एकजना नाबालकको हत्या भएको थियो ।
प्रदर्शनको नेतृत्व रेशम चौधरीले गरेका थिए । नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी अदालतको फैसला अनुसार जेलमा छन् ।
जिल्ला अदालत, उच्च अदालत डोटी र सर्वोच्च अदालतले रेशमविरुद्ध जन्मकैद फैसला गरेको थियो । न्यायको लागि बिन्ती गर्दा गरिरहँदा आममाफी दिने निर्णयले आफूलाई थप पीडा भएको बोहराले बताइन् । नले भनिन्,‘मेरो पति लगायतलाई प्रहार गर्दै गरेको हृदय विदारक चित्कारको आभास गराएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण