आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्ली पुलिसले प्रदर्शन गरिरहेका पहलवानहरूलाई जन्तर मन्तरबाट हटायो

आइतबार, १४ जेठ २०८०, २१ : ४१
आइतबार, १४ जेठ २०८०

नयाँ दिल्ली । दिल्लीको जन्तर मन्तरमा विगत एक महिनादेखि भाजपा सांसद बृजभूषण शरण सिंहले गरेको यौन शोषण विरोधमा प्रदर्शन गरिरहेका पहलवानहरूलाई प्रहरीले आइतबार हटाएको छ ।  

पहलवान र उनका सहयोगीले  प्रहरीको कारबाहीको विरोध गर्दै सार्वजनिक गरेका भिडियो र तस्बिरहरूमा प्रहरीले प्रदर्शनकारीहरू विरुद्ध बल प्रयोग गरेको देखिन्छ।

प्रहरीले आन्दोलनकारीको पाल र अन्य सामान पनि हटाएको छ । प्रदर्शनकारीलाई हिरासतमा लिएपछि दिल्लीका अलग अलग प्रहरी थानामा राखिएको थियो । तर दिल्ली पुलिसको कारबाहीपछि पहलवान साक्षी मलिकले यो आन्दोलन अझै समाप्त नभएको बताइन् ।

एक ट्वीटमा साक्षी मलिकले भनिन्, ‘पुलिस हिरासतबाट रिहा भएपछि हामी जन्तर मन्तरमा सत्याग्रह सुरु गर्नेछौं। यो देशमा तानाशाही नभई महिला पहलवानको सत्याग्रह हुनेछ ।’ 

अर्कोतर्फ, पहलवानको आन्दोलनलाई समर्थन गर्ने किसान संगठनहरूले पनि लडाईलाई तीव्रता दिने दाबी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप