रिहा भएपछि रेशमले भने, ‘निकै ढिला भयो’
_zDTv8lViwg.jpg)
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफ्नो रिहाइ अकस्मात् र सुनियोजित नभएको बताएका छन् । उनले आफ्नो रिहाइलाई स्वाभाविक रूपमा लिए पनि यो निकै ढिला भएको टिप्पणी गरेका हुन् ।
रिहा भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै चौधरीले भने, ‘टिकापुर घटना विशुद्ध राजनीतिक घटना हो । यो राजनीतिक घटनालाई नेपालका राजनीतिक दलहरूले चिन्न निकै ढिलो गरे । थाहा पाउन निकै ढिलो भयो ।’ उनले टिकापुर घटना दुर्भाग्यपूर्ण भएको बताउँदै सो घटना टिकापुरवासीले चाहेर घटेको घटना नभएको स्पष्ट पारे ।
उनले टिकापुर घटनाबारे धेरै मानिसहरू गुमराहमा रहेको बताउँदै यो रहस्यमय घटना भएको जिकिर गरे । उनले यस घटनामा पूर्ण रुपमा थारुहरूको संलग्नता नरहेको र यसका लागि उच्चस्तरीय आयोग गठन गरिनुपर्ने माग गरे । यस घटनाको निराकरणका लागि सरकार र राजनीतिक दलहरूले ध्यान नदिएको गुनासो गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘दान्भी’को फस्टलुकमा पूजाको एक्सन अवतार
-
गीतको म्युजिक ट्रयाक अनधिकृत प्रयोग नगर्न लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह
-
पार्टी एकताबद्ध भए बहुमत ल्याउन सकिन्छ : सभापति देउवा
-
नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा
-
महामन्त्री थापा र मुख्यमन्त्री कार्कीबिच घोचपेच
-
एनसेल प्रकरण : नियामकलाई किन जानकारी भएन ? अब दायित्व के हुन्छ ?