बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नुवाकोटको टोखा छहरे सुरुङ मार्ग निर्माण अघि बढाउन १ अर्ब बजेट

सोमबार, १५ जेठ २०८०, १८ : ३७
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । सरकारले नुवाकोटको टोखा–छहरे सुरुङ मार्ग निर्माण सुरु गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार संसदमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त सुरुङ मार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएकाले आवश्यक तयारी पूरा गरी निर्माण कार्य अघि बढाउने बताए ।

उनले उक्त सुरुङ मार्गको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न गरी निर्माण कार्य अघि बढाउन एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको बताए ।

यस्तै नौविसेमुग्लीन खण्डको २५ किलोमिटर सडक स्तरोन्नतीका लागि २ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरिएको उनको भनाई छ । चितवनको सौराहमा साइकल लेन निर्माणका लागि बजेट विनियोजन गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप