नुवाकोटको टोखा छहरे सुरुङ मार्ग निर्माण अघि बढाउन १ अर्ब बजेट
सोमबार, १५ जेठ २०८०, १८ : ३७
काठमाडौँ । सरकारले नुवाकोटको टोखा–छहरे सुरुङ मार्ग निर्माण सुरु गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार संसदमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त सुरुङ मार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएकाले आवश्यक तयारी पूरा गरी निर्माण कार्य अघि बढाउने बताए ।
उनले उक्त सुरुङ मार्गको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न गरी निर्माण कार्य अघि बढाउन एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको बताए ।
यस्तै नौविसेमुग्लीन खण्डको २५ किलोमिटर सडक स्तरोन्नतीका लागि २ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरिएको उनको भनाई छ । चितवनको सौराहमा साइकल लेन निर्माणका लागि बजेट विनियोजन गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण