बजेट अप्ठ्यारो स्थितिमा आएको छ, कार्यान्वयन पक्ष हेर्नुपर्छ : राणा
सोमबार, १५ जेठ २०८०, १९ : ४९
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद उदय शमशेर राणाले आगामी आर्थिक वर्षको बजेट अप्ठ्यारो स्थितिमा आएकाले कार्यान्वयन पक्षलाई हेर्नुपर्ने बताएका छन् ।
आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै राणाले बजेट विस्तृत रुपमा अध्ययन गरेपछि मात्रै भन्न सकिने बताए ।
‘आगामी आर्थिक वर्षको बजेट अप्ठ्यारो परिस्थितिमा बजेट आएको छ । कतिपय क्षेत्रमा खर्च घटाउन खोजिएको छ । पोहर सालको भन्दा अहिले बजेटको साइज घटाएको छ’ राणाले भने, ‘चालू खर्च बढेको देखिन्छ त्यो कहाँ कहाँ बढेको छ हेर्नुपर्ने हुन्छ । ’
कतिपय योजना घटाएको भएपनि बजेट विस्तृतमा हेर्नुपर्ने राणाले बताए । अहिलेको आवश्यक विकास निर्माण भएकाले त्यसमा बजेट धेरै विनियोजन गर्नुपर्ने आवश्यकता देखिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण