प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्यो, कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान

काठमाडाैँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको छ । संवैधानिक परिषद्बाट सर्वोच्चका लागि प्रधान न्यायाधीशमा सिफारिस भएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको छ ।
मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको पहिलो बैठकले सार्वजनिक सूचना प्रकाशन गरी १० दिनभित्र उजुरी लिने निर्णय गरेको हो । सार्वजनिक सूचना गोरखापत्रमा प्रकाशन तथा नेपाल टिभीबाट प्रसारण गरिनेछ । समितिका जेष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा बसेको समितिको पहिलो बैठकमा कार्कीको व्यक्तिगत विवरण सांसदहरूलाई वितरण गरिएको छ ।
कार्कीमाथि लिखित रूपमा पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत दिन सकिने छ । उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्नेछ भने बेनामे उजुरीलाई भने प्राथमिकता नदिनेबारे समितिमा छलफल भएको छ ।
गत वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो भने सार्वजनिक सुनुवाइका लागि वैशाख २७ गते सो को जानकारी संसद् सचिवालयलाई गराइएको थियो । कार्की झन्डै १५ महिनादेखि सर्वोच्चमा कामु प्रधान न्यायाधीशको रूपमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन (तस्बिरहरू)
-
आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी
-
१० महिनामा सरकार फेरिँदैन : गृहमन्त्री लेखक
-
रूसद्वारा घोषित युक्रेनसँगको तीन दिने युद्धविराम आजदेखि लागू
-
सङ्क्रमणकालीन न्यायको विषयलाई सरकारले सम्बोधन गरेरै छोड्छ: गृहमन्त्री लेखक
-
प्रोसेस पाण्डेले कसरी जिते द भ्वाइस अफ नेपालको टाईटल ?