बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा आजदेखि रोजगार मेला सुरु

मङ्गलबार, १६ जेठ २०८०, १४ : ३१
मङ्गलबार, १६ जेठ २०८०

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा काठमाडौँमा आजदेखि रोजगार मेला सुरु भएको छ । मंगलबारदेखि टेकुस्थित महासंघको कार्यालयमा जेठ १६ र १७ गते मेला हुने भएको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा रोजगार मेला सुरु भएको हो । मेलाको उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगार मेलाले जनशक्ति चाहिने कम्पनी र रोजगारी आवश्यक हुनेहरु बीचमा पुलको काम गर्ने बताए ।   

उनले महासंघले वीरगञ्ज र बुटवलमा रोजगार मेला सम्पन्न गरेको र राम्रो प्रतिक्रिया पाएको बताए । मेलाले नेपालमा भएका जनशक्ति उद्योग व्यवसायमा उपलब्ध गराउनु सहयोग पु¥याउने उनले बताए । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाहरूलाई रोजगार मेलाले रोक्नसक्ने उनले बताए ।   

अध्यक्ष ढकालले आगामी आर्थिक वर्षको बजेटमा समेत निजी क्षेत्रको मनोबल उच्च राख्न हरेक क्षेत्रबाट सरकार सहयोग गर्ने उल्लेख गरेको बताए । सरकारले ल्याएको बजेटले निजी क्षेत्रको सहकार्य आवश्यकता आंैल्याएको उनले बताए । 

अध्यक्ष ढकालले बजेटले स्टार्टप र सीप विकासका विषयमा बजेटमा समेटेका विषय निजी क्षेत्रले उठाएको बताए ।  

त्यस्तै, मेलामा आफूले खोजेको जस्तो रोजगार पाइने आशामा मेलामा आएकी प्रतिज्ञा घिमिरेले रोजगार मेलाले पछिल्लो समय बढ्दै गएको बेरोजगारीको समस्या थोरै भएपनि कम हुने बताइन् । आफूलाई आवश्यक परेको जस्तो रोजगार पाउन सकिने आशाले मेलामा आएको उनले बताइन् । मुलुकभित्र नै रोजगारी नपाएर विदेश जाने युवाहरु बढेको भन्दै मेलामा आएर कुन कम्पनीमा कस्तो जनशक्ति आवश्यक रहेको भन्ने बुझ्न सकिने भएकाले मेलामा आएको उनले बताइन् ।  

त्यस्तै, हिरामाया श्रेष्ठले अनलाइनहरुमा फेक रोजगारी प्रचार हुने भएकाले मेलामा प्रत्यक्ष रुपमा बुझ्न पाउने भएकाले मेलामा आएको बताइन् । किसानदेखि भान्सासम्म शब्जी ल्याण्डमा रोजगारी पाएको उनले बताइन् ।  

मेलामा काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासंघका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य संघको सहकार्य रहेको छ । कामको खोजीमा रहेका युवाहरूलाई प्रमुख कम्पनीहरुमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरहरुको खोजि गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला सुरु भएको छ । रोजगार मेलामा १०० भन्दा बढी कम्पनीहरुको सहभागिता रहेका छन् । 

महासंघले मेलामा कामको खोजीमा रहेका ५ हजारभन्दा बढी युवाहरूलाई अवलोकन गराउने लक्ष्य राखिएको छ । मेलामा रोजगारी, सीप एवं जनशक्ति विकास लगायतका विषयमा विभिन्न परामर्श शेसनहरु समेत हुनेछ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप