बजेटप्रति जनकदीपको प्रतिक्रिया–चलचित्र समेटिनुपर्छ भनेर सरकारलाई भन्नु व्यर्थै भयो

काठमाडौँ । चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले बजेटमा चलचित्र क्षेत्र समेटिनुपर्छ भनेर सरकारलाई ज्ञापनपत्र बुझाएको व्यर्थै भएको बताएका छन् । अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार प्रस्तुत गरेको बजेटमा पुरानै विषय काभे्रे र दोलखामा फिल्म स्टुडियो बाहेक अन्य नअटेपछि उनले आक्रोश पोखेका हुन् ।
उनले सामाजिक सञ्जालमा सरकार लागि चलचित्र विकास बोर्डमा आफूले ज्ञापन पत्र बुझाएको तस्बिर समेत सार्वजनिक गरेका छन् ।
‘बजेटमा चलचित्र क्षेत्र समेटिनुपर्छ भनेर सरकारलाई ज्ञापनपत्र बुझाएको पनि व्यर्थै भयो’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पहिला पहिला त बजेट बन्नु अगाडि परामर्शको लागि चलचित्रकर्मलाई बोलाइन्थ्यो । यसपालि पनि बोलाउँछ भन्ने कुराथ्यो तर सरकारले वास्ता नै गरेन ।’ उनले दिगो आर्थिक विकास र पर्यटन प्रवर्द्धनका लागि चलचित्रकर्मीलाई सँगै लिएर हिँड्नुपर्ने धारणा राखेका छन् ।
उनले थपे ‘चलचित्र क्षेत्रमा राज्यले लगानी गर्नुपर्छ । यस पटक पनि चलचित्र क्षेत्रलाई उपेक्षा गरिएको छ । राज्यले आम्दानी बढाउने, लगानीको वतावरण बनाउने, वैदेशिक लगानी भित्र्याउने भन्दा पनि मागेर काम चलाउने ऋण लिएर देश चलाउने नीति लिएको देखिन्छ । आर्थिक क्षेत्रमा स्थिर नीति नलिए देशको अर्थ व्यवस्था झन् झन् खस्कँदै जानेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राविधिक समस्याका कारण झ्यापझ्याप बत्ती गएको हो, लोडसेडिङ भएको होइन : कार्यकारी निर्देशक शाक्य
-
लुम्बिनी प्रदेश सभाको बैठक सुरु, आर्थिक विधेयकमाथि सैद्धान्तिक छलफल प्रस्ताव
-
रविविरुद्ध उजुरी नदिएको भन्दै एकपछि अर्को गर्दै बोल्न थाले बचतकर्ता
-
राष्ट्र बैंकको सिको गर्दै बीमा प्राधिकरण
-
बेलायतमा शरण खोज्ने आप्रवासीको सङ्ख्यामा वृद्धि
-
इजलासमा लैजानुअघि सर्वोच्च परिसरमा मिश्रको हतकडी खोलियो