इजलासमा इन्द्रजितलाई प्रश्न – बैंकमा ३ करोड ४५ लाख कहाँबाट आयो ?
काठमाडौं । भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने धन्दाका मुख्य योजनाकार डा. इन्द्रजित राईले ३ करोड ४५ लाख रुपैयाँ बैंक खातामा डिपोजिट गरेको भेटिएको छ । शरणार्थीको कोटामा अमेरिका पठाउँछु भनेर डा. राईले गिरोहसँग लिएको रकम आफ्नो बैंक खातामा आफैंले डिपोजिट गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् ।
मंगलबार काठमाडौं जिल्ला अदालतको २५ नम्बर इजलासमा न्यायाधीश प्रेमप्रसाद न्यौपाने सामु राईले त्यसबारे बयान दिएका छन् । राईलाई इजलास अधिकृतले सोधे, ‘बैंकमा ३ करोड ४५ लाख जम्मा गरेको देखिन्छ, सो रकम कहाँबाट आयो ?’
जवाफमा राईले ३ करोड ४५ लाख रुपैयाँ जग्गा बेचेर डिपोजिट गरेको बयान दिएका छन् । बयानमा डा. राईले भने, ‘भक्तपुरमा १२ आना जग्गा थियो, सो जग्गा बेचेको रकम बैंकमा आफैंले डिपोजिट गरेको हुँ ।’
शरणार्थी प्रकरणमा संलग्न योजनाकार मध्येका केशव प्रसाद दुलाल र सानु भण्डारीले राईलाई हिमालय होटल, त्रिपुरेश्वरस्थित आँगन स्विट्स र गृह मन्त्रालयमा लगेर रकम बुझाएको बयान दिएका छन् ।
तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकार रहेका राईले दुलाल र भण्डारीको जिकिर अस्विकार गरेका छन् । ३ करोड ४५ लाखको स्रोत खुलाउँदै राईले भनेका छन्, ‘भारतस्थित युनिभर्सिटीमा प्राध्यापक थिएँ । त्यहाँबाट पेन्सन आउँछ ।’
संविधानसभाको सदस्य हुँदा र गृहमन्त्रीको सुरक्षा सल्लाहकार हुँदा आएको तलव–भत्ताको रकम पनि राईले आफ्नो स्रोतको रुपमा उल्लेख गरेका छन् । राईले भक्तपुरको १२ आना जग्गा बिक्री गरेको लिखतको फोटोकपी इजलासमा पेश गरेका छन् ।
आफ्नो एउटा छोरा नेपाली सेनाको अधिकृत रहेको बताउँदै राईले इजलासमा भने, ‘मसँग रकमको पर्याप्त स्रोत छ, भुटानी शरणार्थीलाई अमेरिका पठाउने गिरोहसँग पैसा लिएको छैन ।’
इजलास अधिकृतले राईलाई १४ वटा प्रश्न सोधेका थिए । मंगलबार राई, सन्देश शर्मा र नरेन्द्र केसीले अदालतमा बयान दिए । अहिलेसम्म ८ जना अरोपीतको बयान सकिएको छ ।
नरेन्द्र केसीको बयान–गिफ्टबारे थाहा भएन
बालकृष्ण खाण गृहमन्त्री हुँदा स्वकिय सचिव थिए नरेन्द्र केसी । नरेन्द्रको बयान मंगलबार पुरा भएको छ । तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र गिरोहका सदस्य केशव दुलालबीच ह्वाट्स एपमा मन्त्रीलाई ‘गिफ्ट’ तयार गर्नुपर्नेबारे कुरा भएको भेटिएको छ । त्यस्तो गिफ्ट केसीले पनि ५ लाख बुझेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।
सचिव पाण्डेले च्याटमा दुलाललाई भनेका छन्, ‘नरेन्द्रले पनि आश गर्छ, उसलाई ५ लाख फाल्दिनुपर्ला ।’
इजलासमा त्यसबारे नरेन्द्र केसीसँग बयान लिइएको छ । इजलास अधिकृतले केसीलाई सोधे–‘सचिव टेकनारायण पाण्डे र केशव दुलालको बिचमा गिफ्ट लेनदेनको कुरा भएको देखिन्छ, त्यसबारे खुलाइदिनुस ?’
जवाफमा केसीले भनेका छन्, ‘गिफ्टको बारेमा मलाई थाहा भएन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण