शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
प्रचण्डको भारत भ्रमण : बाह्र खम्बा स्थित नेपाली दूतावास सजाउने क्रम जारी (तस्बिरहरू)
भारत भ्रमण

प्रचण्डको भारत भ्रमण : बाह्र खम्बा स्थित नेपाली दूतावास सजाउने क्रम जारी (तस्बिरहरू)

बुधबार, १७ जेठ २०८०

नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै छन् । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ बजेर ३० मिनेटमा नेपाल एयरलाइन्सको विमानमार्फत उनी नयाँ दिल्ली प्रस्थान गर्ने तय भएको छ । 

यतिवेला प्रचण्डको स्वागतका लागि नयाँ दिल्लीको बाह्र खम्बा स्थित नेपाली राजदूतावासलाई सजाउने काम भइरहेको छ । दुई दर्जन भारतीय कामदार दूतावासको सजावटमा लागि गरेका छन् । 

दूतावासमा अहिले खासै चहलपहल छैन । प्रधानमन्त्रीको स्वागतका लागि बनाइएको बोर्ड र तुलहरू टाँग्ने काम भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया